१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

कोशी प्रदेश टी-१० क्रिकेट: तीन खेलमा एनबीएससीको दुई जित

प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ।

बुधबार विराटनगर-६ स्थित एमबिजे क्रिकेट मैदानमा भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले लगातार दुई जित हात पारेको हो।

लगातारकाे जितसँगै एनबीएससीले चार अंक जोडेको छ। पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो। 

एनबीएससीको जितको लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गरे। उनले २० बलमा अविजित ४१ रन बनाए। उनले ४ छक्का र ३ चौका प्रहार गरे। अतहर अन्सारी ७ बलमा १८ रनको योगदान गर्दा मनिष थापाले १० बलमा १८ रन बनाए। भीम सार्कीले ७ रन जोडे।

पूर्वाञ्चलका बलर बिकासले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

यसअघि ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन मात्रै बनायो। जसमा विकास लोहियाले ११ बलमा २१ रन बनाए। अंकित सुवेदीले १२ र शरद भेषावकरले ९ बलमा १० रन बनाए।

एनबीएससीका बलर प्रशान्त सिंह राजपुतले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। मयङ्क कुमारले २ र फिरोद अन्सारीले १ विकेट लिए। उनी खेलको प्लेर अफ द म्याच घोषित भए। 

एनबीएससीले अहिलेसम्म तीन खेल खेलेको मध्ये दोस्रो दिनको खेलमा वाइआरसीसी विराटसँग ६ विकेटले पराजित भएको थियो।

प्रकाशित: १६ जेष्ठ २०८१ २०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App