१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

तिला नदीमा बगेर किशोर बेपत्ता

तिला नदीमा बगेर १४ वर्षीय किशोर बेपत्ता भएका छन्।

मंगलबार दिउँसो २ बजे पौडी खेल्ने गएका तिलागुफा- ७ छाप्नेका हिक्मत बम नदीमा बगेर बेपत्ता भएका हुन्।

जुविथा गाउँको सत्यदेवी माविमा ८ कक्षामा अध्ययनरत बम मंगलबार दिउँसो तिला नदिमा नुहाउन भनेर गएका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाका अनुसार उनकाे खाेजी कार्य तीव्र पारिएको छ। उनी गाल्जे बजार भन्दा तलको तिला नदी किनाराबाट बगेको आफन्तको भनाइ छ।

गाल्जे बजारमा किशोरका आमा बुबाले होटल व्यवसाय गर्दै आएकी छन्।

प्रकाशित: १५ जेष्ठ २०८१ २१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App