२० असार २०८१ बिहीबार
image/svg+xml

आइसोलेसन कक्ष निर्माणमा तीव्रता

कोभिड-१९ संक्रमित बिरामी राख्नका लागि आइसोलेसन कक्ष निर्माणमा तीव्रता दिएको छ । गुलरियास्थित कभर्ड हलमा निर्माण भएको भवनमा मात्र ९५ जना बिरामी राख्न सक्ने गरी आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

आइसोलेसन केन्द्रमा स्वयंसेवक

पाँच दिन अगाडि संचालनमा आएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा काम गर्न स्वास्थ्यकर्मी बाहेक अन्य कोहि तयार नभएपछि आईतबार त्यहाँ कार्यरत डा.अनिल केसिले बिज्ञप्ती जारी गर्दै स्वयंसेवक माग गरे ।

आइसोलेसनमा बसेकाहरुमा कुनै लक्षण छैन

बिहान उठ्ने ब्यायम गर्ने, चिया नास्ता खाने, नुवाईधुवाई गर्ने, ११ बजे खाना खाने, दिउँसो खाजा खाने साँझ ब्यायम गर्ने, नाचगान गर्ने गरेर गोरखा अस्पतालको आइसोलेसनमा बसेका १४ जनाले समय कटाईरहेका छन् । ‘अहिले सम्म कुनै समस्या छैन, स्वास्थ्यमा पनि कुनै समस्या देखिएको छैन, आरामदायी रुपमा बसिरहेका छौँ’ आइसोलेसनमा रहेका एक युवाले सामाजिक सञ्जालमा लाईभ गर्दै आफ्नो कुरा भनेका छन् ।

आइसोलेसनमा मृत्यु भएका पुरुषको पिसीआर रिर्पोट नेगेटिभ

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएका गुल्मीका ४२ बर्षे पुरुषको पिसीआर रिर्पोट नेगेटिभ आएको छ। आइतबार उपचारकै क्रममा मृत्यु भएका धुर्कोट गाँउपालिका वडा नं. ४ का ती पुरुषको थ्रोट स्वाब परिक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको हो।

दिल्लीका रेलहरुमा आइसोलेसन वार्ड बनाइने

दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको यहाँको सरकारले जनाएको छ।

रेडजोनका आइसोलेसन रित्तिँदै, आधाभन्दा बढी संक्रमित डिस्चार्ज

संक्रमितहरूमा लक्षण नदेखिए बिनापरीक्षण घर फर्काउने निर्देशिका जारी भएपछि कपिलवस्तुका आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् । गत जेठ २४ गते सरकारले लक्ष्ण नदेखिएका बिरामीलाई १४ दिन आइसोलेसनमा राखी बिनापरीक्षण घर फर्काउने गरी निर्देशिका जारी गरेको थियो । त्यसयता जिल्लाका पालिकाहरूमा रहेका संक्रमितलाई धमाधम त्यही निर्देशिकाअनुसार छाडिएको छ ।

आइसोलेसनमा दिनहुँ झडप

दैलेख सदरमुकामस्थित त्रिभुवन माविको आइसोलेसनमा रहेका कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा शनिबार चार जना घाइते भएका छन् ।

दशकौंदेखि प्रयोगविहीन भवनमा आइसोलेसन केन्द्र

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको दशकौं पुरानो भवन । तत्कालिन नेपाल औद्योगिक विकास निगमको उक्त भवन माओवादी सशस्त्र द्धन्द्ध पश्चात प्रयोगविहीन हुँदै आएको थियो ।

संक्रमितको बढ्दो ग्राफ, भरिँदै आइसोलेसन बेड

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८०६ पुगेको छ । शुक्रबार दिउँसो थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १८०६ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रसाशक विजयकुमार झाले बताए ।

रोल्पामा ‘कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालन

रोल्पामा ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित भेटिन थालेपछि अस्थायी आइसोलेसन केन्द्रमा सेवा सुरु गरिएको हो ।

संक्रमित थपिएपछि धादिङमा आइसोलेसन कक्ष निर्माण गरिने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि धादिङबेसीमा आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको कोरोना भाइरस सम्बन्धी संकट व्यवस्थापनको बैठकबाट गठित समितले आइसोलेसन कक्ष निर्माण गरिने बताइएको छ ।

आइसोलेसनबाट फरार संक्रमित अझै फेला परेनन्

बाँकेको जानकी गाउँपालिकामा रहेको आइसोलेसनबाट फरार भएका संक्रमित अझै फेला परेका छैनन् । जानकी गाउँपालिका वडा नम्बर १ स्थित श्री माध्यामिक बिद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ बर्षिय पुरुष सोमबार राती फरार भएका थिए ।

बाँकेको आइसोलेसनबाट एक संक्रमित फरार

बाँकेको आइसोलेसनमा बसिरहेका एक संक्रमित फरार भएका छन् । जानकी गाउँपालिका वडा नम्बर १ स्थित श्री माध्यामिक बिद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ बर्षिय पुरुष फरार भएका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित कोरियनपुर निवासी उनी सोमबार राती फरार भएका थिए ।

गोरखामा एक सय ६५ वेडको आइसोलेसन बनाउने निर्णय

गोरखा नगरपालिकामा एक सय वेडसहित जिल्लाभर एक सय ६५ वेड क्षमताको क्वारेन्टिनसहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

आरडिटीको भरमा क्वारेन्टिनबाट डिस्चार्ज गरिएका युवक आइसोलेसनमा

जेठ २१ गत्ते क्वारेन्टिनबाट घर फर्केका एक युवकमा स्वास्थ्य समस्या देखिएपछि आइतबार प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरको प्रिआइसोलेसनमा कक्षमा भर्ना भएका छन्। क्वारेन्टिनमै शरिर दुख्ने, घाँटी दुख्ने समस्या देखिएपनि आरडिटी नेगेटिभ भएको भन्दै उनलाई घर पठाइएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्