२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा एक सय ६५ वेडको आइसोलेसन बनाउने निर्णय

क्याप्शन

गोरखा नगरपालिकामा एक सय वेडसहित जिल्लाभर एक सय ६५ वेड क्षमताको क्वारेन्टिनसहितको आइसोलेसन बनाउने निर्णय भएको छ । सोमवार स्थानीय तह, राजनीतिक दलसहित जिल्लाका सरोकारवालाहरुको बैठकले कोरोनाको संक्रमण सँगै जोखिम बढेकाले प्राथमिक स्वास्थ्य केन्द्रहरु आरुघाटमा १०, मकैसिंङमा १० र जौवारीमा १० वटा आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको हो ।  

यस्तै पालुङटार नगरपालिका रहेको आँपपिपल अस्पतालमा १० र गोरखा अस्पतालमा २५ बेडको आइसोलेसन बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए । ती ठाउँहरुको ब्यवस्थापन स्थानीय तहले गर्नेछन् । यस अघि स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाएपनि आइसोलेसन सबैले तयार गर्न सकेका थिएनन ।  

गोरखा नगरपालिकाले सदरमुकामको वल्ड क्यापिटल मावि रानीबन र अन्य उपयुक्त ठाउँ हेरी एक सय बेड क्षमताको आइसोलेसन बेड तयार गर्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ ।  

भारत लगायत अन्यत्रबाट गोरखा आउन चाहने नागरिकलाई उद्वार गर्न एक/एक लाख यस अघि छुट्याएका स्थानीय तहले अब पाँच/पाँच लाख थप्ने भएका छन् । ‘क्वारेन्टिन निर्माण, अन्यत्रबाट आउने नागरिकको आवागमन, ब्यवस्थापनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा आइसोलेसन एवं कोष ब्यवस्थापन समिति बनेको छ’ अधिकृत रोकाले भने । 

गोरखामा पहिलो पटक आईतवार १० जनामा कोरोना संक्रमण देखिएपछि सोमवार स्थानीय तहका प्रमुखहरु सहित, राजनीतिक दल, सुरक्षा प्रमुखहरुको बैठक बसेको हो । बैठकले लकडाउनको मोडालिटि भने केन्द्रिय सरकारले लागु गरे अनुसार नै हुने निश्कर्ष निकालेको छ ।  

 

 

प्रकाशित: २६ जेष्ठ २०७७ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App