२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

आइसोलेसन कक्ष निर्माणमा तीव्रता

कोभिड-१९ संक्रमित बिरामी राख्नका लागि आइसोलेसन कक्ष निर्माणमा तीव्रता दिएको छ । गुलरियास्थित कभर्ड हलमा निर्माण भएको भवनमा मात्र ९५ जना बिरामी राख्न सक्ने गरी आइसोलेसन कक्ष निर्माण गरिएको हो । यो जिल्लाकै बढि बिरामी राख्न क्षमताको आइसोलेसन कक्ष हो ।  

जिल्लाका बिभिन्न स्थानीय तह गरी आइसोलेसन कक्षमा २ सय १७ जना राख्न सक्ने क्षमताका आइसोलेसन कक्ष सुचारु भईसकेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।‘आइसोलेसन कक्ष सबै स्थानीय तहले सुचारु गरिसकेका छन्’उनले भने,‘पछिल्लो समय कोरोना संक्रमित पुष्टि भएसँगै आइसोलेसन कक्ष निर्माण तीव्रता दिईएको हो ।’  

अस्पताल, विद्यालय, जिससको भवनमा आइसोलेसन कक्ष निर्माण गरी सुचारु भईसकेको प्रजिअ अधिकारीले जानकारी दिए । नेपाल भारतको सीमा क्षेत्रबाट नेपाल प्रबेश गरेकाले स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा राखेकालाई पिसिआर टेष्टमा पोजिटिभ देखिएका बिरामीलाई आइसोलेसनमा राख्ने गरिएको छ ।  

नेगेटिभ देखिएकालाई घर पठाईरहेको अधिकारीले बताए ।‘महिला क्वारेन्टिन पनि संचालनमा छन्’उनले भने,‘आईसोलेसन र क्वारेन्टिन व्यबस्थित गर्ने कार्य प्राथामिकताका साथ अघि बढेका छन् ।’सातवटा स्थानीय तहमा कोरोना संक्रमित पुष्टि भएको संख्या एक सय पुगेको छ ।  

प्रकाशित: १ असार २०७७ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App