२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

संक्रमित थपिएपछि धादिङमा आइसोलेसन कक्ष निर्माण गरिने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि धादिङबेसीमा आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको कोरोना भाइरस सम्बन्धी संकट व्यवस्थापनको बैठकबाट गठित समितले आइसोलेसन कक्ष निर्माण गरिने बताइएको छ ।  

सदरमुकाम धादिङबेसीस्थित मालपोत कार्यालयको पूरानो भवन र एकल महिलाको छहारी भवनलाई थप आइसोलेसन निर्माणको लागि सिफारिस गरेको छ । समितिले उक्त स्थानहरुको स्थलगत निरीक्षण गरि थप आइसोलेसन कक्ष स्थापना गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।  यसअघि जिल्लाको पृथ्वी राजमार्गस्थि गजुरी गाउँपालिका वडा नं. १ मा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTVT) अन्तर्गतको भवनलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ ।  

आइसोलेसन पहिचानका लागि स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष र जिल्ला अस्पताल सदस्य रहने गरी समिति गठन गरेको थियो ।  शुक्रबार जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमित बढ्न थालेपछि आइसोलेसनको पनि अभाव हुन थालेको छ ।  

प्रकाशित: ३० जेष्ठ २०७७ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App