२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रोल्पामा ‘कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालन

रोल्पामा संचालनमा आएको अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र । तस्बिर: दिनेश/नागरिक

रोल्पामा ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित भेटिन थालेपछि अस्थायी आइसोलेसन केन्द्रमा सेवा सुरु गरिएको हो । 

यसअघि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय तह, स्वास्थ्यकर्मी लगायतको सकृयतामा सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसलाई आइसोलेसन केन्द्रका रुपमा तयार गरिएको थियो । जिल्ला स्तरिय कोरोना संकट ब्यवस्थापन समितिको निर्णय अनुसार संक्रमितलाई आइसोलेसन केन्द्रमा ल्याउन सुरु गएिको हो ।

अत्याधुनिक रुपमा तयार गरिएको आइसोलेसन केन्द्रका हरेक कोठामा स्तरीय बेड, प्रत्येक कोठामा सिसिईटिभि क्यामरा, ईन्टरकम टेलिफोन, वाईफाई सुबिधा समेत रहेको छ । यहाँ चिकित्सकसहित स्वास्थ्यकर्मीको चौबिसै घण्टा सेवा रहने छ । बिहीबार आइसोलेसन केन्दका तर्फबाट डा. अनिल केसिले एक बिज्ञप्ती निकाल्दै सेवा सुरु भएको जनाएका हुन् ।  

‘आफू स्वय संक्रमित भई ज्यान नै जान सक्ने चुनौतिको उच्च मनोबलका साथ सामना गरि चिकित्सकसहितको स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संलग्न टोली उपचार तथा ब्यवस्थापनमा चौबिसै घण्टा खटिएको जानकारी गराउछु ।’ डा. केसिले बिज्ञप्तीमा लेखेका छन् । ‘हावाबाट कोरोना संक्रमण नसर्ने हुँदा क्याम्पसहाता वरपर बसोबास गर्ने रोल्पाबासीलाई आवश्यक सहयोग र सदेभावसहित हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ 

बिहीबार ३ जना संक्रमित ल्याइएको आइसोलेसन केन्द्रमा शुक्रबार १४ जना थपिने छन् । पछिल्लो समय परीक्षण बढ्दै जादा रोल्पामा पनि संक्रमित भेटिन थालेका हुन् । ‘बाँकी १४ जना संक्रमितलाई पनि आजै आइसोलेसन केन्द्रमा ल्याउने तयारी गरिएको छ ।’ जिल्ला स्तरिय कोरोना संकट ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने ‘अहिलेलाई ५० जना यहाँ राख्न सक्छौ । संक्रमित बढ्दै गएमा सम्बन्धित गाउँपालिकामै आइसोलेसन केन्द्र तयार गरि ब्यवस्थापन गर्ने सोच बनाएका छौ ।’

स्थानीयको असहयोग

रोल्पामा अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र, रोल्पा संचालनमा आएसंगै केन्द्र रहेको जलजला बहुमुखी क्याम्पस वरपरका स्थानीयले असहयोग गरेको गुनासो आएको छ । आइसोलेसन केन्द्रमा खटिएका चिकित्सकहरुका अनुसार स्थानीयहरुले खानेपानी प्रयोगमा अबरोध गरिरहेका छन् । घर छेउँमा संक्रमितलाई ल्याएर राखेको भन्दै उनिहरुले खानेपानीमा अबरोध गरिरहेको बताइएको छ ।  

पानीको अबरोध भएपछि चिकित्सकहरुले जिल्ला स्थीत सुरक्षा निकाय र जनप्रतिनिधिलाई खबर गरेको जनाएका छन् । आफ्नो स्वास्थ्य नै जोखिममा मोलेर वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र संक्रमितका लागि प्रयोग गरिने धारा नै बन्द गरिदिने, पानीका पाईपमा अबरोध गर्न थालेपछि समस्या थपिएको हो । प्रमुख जिल्ला अधिकारीले खान्पानीको समस्या छिट्टै टुङग्याउने बताएका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App