२३ असार २०८१ आइतबार
image/svg+xml

चार पालिकाको एउटा आइसोलेसन केन्द्र

दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शय्याको कोरोना विशेष आइसोलेसन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन्।

आइसोलेसनका बिरामी भन्छन् : ‘कोरोना जित्छौ, ढुक्क छौ’

न ज्वरो । न खोकी । स्वास्वा पनि बढेको छैन । १७ दिन क्वारेन्टिनको बास भयो । शनिबार एम्बुलेन्समा चढेर आइसोलेसन कक्षमा आएका छौ । कति बस्न पर्ने हो भन्ने मात्र चिन्ता छ । मर्ने डर त रत्ति भर छैन । कुजिएर बस्दा खेरिको पीडा बल्झिएको नाम परिवर्तन संक्रमित कृष्ण सारुले सुनाए ।

आइसियूमा युवकको मृत्यु, पिसिआर नतिजा नेगेटिभ

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएको हुन सक्ने आशंकामा शुक्रबार दिउँसो भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका युवकको शनिबार बिहान मृत्यु भएको छ ।

आइसोलेसनमा रहेका ३० जना संक्रमित क्वारेन्टिन मै फर्किए

कपिलवस्तुमा तयार गरिएका अधिकांश आइसोलेसन क्वारेन्टीन भन्दा पनि खत्तम भएको भन्दै संक्रमितहरू आइसोलेसनमा बस्नै मान्दैनन्। खानेपानी, शौचालय, बेड लगायतका कुराहरू समेत नभएको भन्दै संक्रमितहरू आइसोलेसनमा नमानेका हुन्।

कोरोना संक्रमित १९ जना कर्णाली प्रतिष्ठानको आइसोलेसनमा

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको एकीकृत क्वारेन्टिनमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका १९ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आइसोलेसनमा राखिएको छ । भारतबाट आएका १६ जना, सुरक्षाकर्मी दुई जना र एक जना स्वास्थ्यकर्मीलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको हो ।

क्वारेन्टिनभन्दा खत्तम आइसोलेसन

संक्रमित युवकका अनुसार उनलाई न ज्वरो आएको छ, न सास फेर्न गाह्रो भएको छ। कोरना भाइरस पोजेटिभ भन्दै अस्पतालमा ल्याएर थुनिएको छ।

‘आइसोलेसन’ बेडबाट भगवान पुकार्दै युवक

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसनमा भर्ना गरियो । अस्पताल पुगेका उनीहरुलाई झुल, साबुन, पानीको बोतल, चाउचाउ र विस्कुटको एक एक प्याकेट दिएर आइसोलेसनमा भर्ना गर्‍यो ।

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ।

संक्रमित थपिएपछि आइसोलेसन बेडको अभाव

कपिलवस्तुमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमित थपिन थालेपछि बिरामीहरुलाई राख्न आइसोलेसन बेडको अभाव छ ।

सिटीइभिटी भवनमा १०० शय्याको आइसोलेसन कक्ष बन्दै

कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ।

आइसोलेसन सेन्टरका लागि निजी अस्पताल र होटल प्रदान

जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि निजी अस्पताल र होटल समेत आइसोलेसन सेन्टरका लागि दिइएको छ । पूर्व क्रिकेटर, समाजसेबीले आफ्नो निजी अस्पताल तथा एक होटल ब्यवसायीले आफ्नो रेस्टुरेन्ट नै आइसोलेसन सेन्टर बनाउन दिएका हुन । तीनै जनाले निःशूल्क रुपमा सेन्टरका लागि सो प्रयोग गर्न दिएका हुन ।

आइसोलेसन वार्डको क्षमता विस्तार

कोरोना संक्रमित भेटिएपछि जिल्ला अस्पताल बैतडीले आइसोलेसन वार्डको क्षमता बढाएको छ। यसअघि तीनवटा मात्र बेड रहेको जिल्ला अस्पतालमा क्षमता विस्तार गर्दै ८ बेडको बनाइएको हो।

आइसोलेसनमा मृत्यु भएका टाउकोका बिरामी थिए : आफन्त

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार बिहान मृत्यु भएका व्यक्तिमा टाउकोको बिरामी रहेको आफन्तले बताएका छन् । वर्षौदेखि टाउको दुख्ने बिरामी भएका गौरीगंगा नगरपालिका–७, भगवानपुरका ५५ वर्षिय वीरबहादुर बन्तोलाको आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

भारतबाट आएका आइसोलेसनमा भर्ना

कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्