१५ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसन वार्डको क्षमता विस्तार

कोरोना संक्रमित भेटिएपछि जिल्ला अस्पताल बैतडीले आइसोलेसन वार्डको  क्षमता बढाएको छ। यसअघि तीनवटा मात्र बेड रहेको जिल्ला अस्पतालमा क्षमता विस्तार गर्दै ८ बेडको बनाइएको हो।

कोरोनाका शंकास्पद र संक्रमित व्यक्ति राख्न सहज होस भनेर आइसोलेसनको क्षमता बढाइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बशन्तराज जोशीले जानकारी दिए। आइसोलेसन बेड नहुँदा जिल्लामा आरडिटी पोजिटिभ आएका ७ प्रहरी र एक प्रहरीकी श्रीमतीलाई गोठालापानीमा रहेको बसपार्कमा टेन्टमा राखिएको छ। जिल्ला अस्पतालमा हाल १ जना कोरोना संक्रमितसहित ३ जनाको उपचार भइरहेको छ। 

आइसोलेसन बेड नभएकाले आफैं टेन्टको व्यवस्था गरेर प्रहरीहरूलाई  राखिएको जिल्ला प्रहरी प्रमुख  डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए। आइसोलेसन बेडको अभावै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए। अहिले उनीहरू कोराना संक्रमित नै हुन् भन्ने पुष्टि भइनसकेको र स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रहरीलाई नै व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ।

शिवनाथ गाउँपालिका–२ का कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय युवक, उनकी १९ वर्षीय बहिनी र दोगडाकेदार गाउँपालिका–१ रिमका २५ वर्षीय युवकको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। संक्रमित युवकसंगै थुनामा रहेकी उनकी बहिनी र सिन्धुपलाञ्चोकबाट दुई हप्ता अघि आएका दोगडाकेदारका युवकमा शंकास्पद लक्षण देखिएपछि आइसोलेसन वार्डमा भर्ना गरिएको हो। उनीहरुको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ।  

प्रकाशित: १५ जेष्ठ २०७७ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App