१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आइसियूमा युवकको मृत्यु, पिसिआर नतिजा नेगेटिभ

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएको हुन सक्ने आशंकामा शुक्रबार दिउँसो भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका युवकको शनिबार बिहान मृत्यु भएको छ । शनिबार बिहान एक्कासी श्वास फेर्न कठिन भएपछि कोभिड आइसियूमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै ती युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवनको माडी नगरपालिका ६ निवासी २७ वर्षीय ती युवक ११ दिनअघि भारतबाट आई माडीस्थित क्वारेन्टाइनमा बसिरहेका थिए । क्वारेन्टिनमा रहँदा तीन दिनदेखि ज्वरो आएकाले कोरोनाको आशंकामा उपचारका लागि भरतपुर अस्पताल ल्याइएको र उपचारकै क्रममा निधन भएको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पताल कोभिड १९ क्लिनिकका संयोजक डा. प्रमोेद पौडेलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को शंका निवारण गर्न स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको उल्लेख गरेका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App