२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेको आइसोलेसनबाट एक संक्रमित फरार

बाँकेको आइसोलेसनमा बसिरहेका एक संक्रमित फरार भएका छन् । जानकी गाउँपालिका वडा नम्बर १ स्थित श्री माध्यामिक बिद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ बर्षिय पुरुष फरार भएका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित कोरियनपुर निवासी उनी सोमबार राती फरार भएका थिए । शौचालय जान भनि निस्केका संक्रमित आइसोलेसनमा नआएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता सुवास खड्काले बताए ।  

‘शौचालय जान भनि निस्केका उनी आइसोलेसनमा नफर्केपछि फरार भएको थाहा भयो,’ उनले भने ‘बिहानैदेखी प्रहरी परिचालन भएर खोज्ने काम भइरहेको छ ।’ चार दिन अघि कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीसहित ४० जना उक्त बिद्यालयको आइसोलेसनमा बस्दै आएका थिए । युवक फरार भएपछि अब ३९ जना आइसोलेसनमा बसिरहेका छन् । आइसोलेसन रहेको बिद्यालय र नेपाल–भारत सिमानाका नजिकै रहेको छ । सिमा क्षेत्र नजिक रहेकाले संक्रमित ब्यक्ति भारततिर फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  

संक्रमित ब्यक्ति भारतजानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले आइसोलेसनबाट एक युवक फरार भएको बताए । ‘आइसोलेसनमा बसिरहेका नेपालगन्ज कोरियनपुरका संक्रमित ब्यक्ति फरार भएका छन्, प्रहरीले उनको खोजी कार्य गरिरहेको छ,’ यादवले भने । संक्रमित ब्यक्ति आइसोलेसनबाट फरार भएपछि जानकी गाउँपालिका र नेपालगन्जबासी त्रसित भएका छन् ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App