२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

आइसोलेसनबाट फरार संक्रमित अझै फेला परेनन्

बाँकेको जानकी गाउँपालिकामा रहेको आइसोलेसनबाट फरार भएका संक्रमित अझै फेला परेका छैनन् । जानकी गाउँपालिका वडा नम्बर १ स्थित श्री माध्यामिक बिद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ बर्षिय पुरुष सोमबार राती फरार भएका थिए । फरार ब्यक्ति अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता सुवास खड्काले फरार ब्यक्तिको खोजी कार्य भइरहेपनि अझै पत्ता नलागेको बताए ।  

‘हामीले जताततै खोज्ने काम गरिरहेका छौं, तर अहिलेसम्म कतै पत्ता लागेको छैन,’ उनले भने ‘हाम्रो अनुसन्धानमा उ भारततिर गएको देखिन्छ ।’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित कोरियनपुर निवासी संक्रमित सोमबार मध्यराती सुरक्षाकर्मीको आँखा छलेर फरार भएका थिए । शौचालय जान भनि बाहिर निस्केपनि उनी आइसोलेसनमा फर्केनन् । एक साताअघि कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीसहित ४० जना उक्त बिद्यालयको आइसोलेसनमा बस्दै आएका थिए ।  

युवक फरार भएपछि अब ३९ जना आइसोलेसनमा बसिरहेका छन् । आइसोलेसन रहेको बिद्यालय र नेपाल–भारत सिमानाका नजिकै रहेको छ । भारतमा ससुराली रहेको र संक्रमितको श्रीमती पनि उतै रहेको प्रहरीले जनाएको छ । संक्रमित ब्यक्ति फेला नपरेपछि नेपालगन्ज र जानकी गाउँपालिकाका स्थानीय बासिन्दा त्रसित भएका छन् । जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले आइसोलेसनबाट फरार भएका युवक अझै सम्पर्कमा नआएको बताएका छन् । उनले भने, ‘अहिले सम्म उनी आइसोलेसनको सम्पर्कमा आएका छैनन् ।’ 

प्रकाशित: २९ जेष्ठ २०७७ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App