२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

आइसोलेसन केन्द्रमा स्वयंसेवक

आइसोलेसन केन्द्रमा सहयोग गर्दै स्थानीय युवाहरु ।

पाँच दिन अगाडि संचालनमा आएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा काम गर्न स्वास्थ्यकर्मी बाहेक अन्य कोहि तयार नभएपछि आईतबार त्यहाँ कार्यरत डा.अनिल केसिले बिज्ञप्ती जारी गर्दै स्वयंसेवक माग गरे । 

आइसोलेसन केन्द्रबाट बिज्ञप्ती आएपछि स्थानीयले सामाजिक संजालमा ब्यापक चर्चा गरेसंगै केहि युवा सहयोगका लागि तयार भए । उनिहरुले सोमबार बिहान अबेलासम्म आइसोलेसन केन्द्र रहेको जलजला बहुमुखि क्याम्पसमा शैया मिलाउने, सरसफाई लगायतका काममा सहयोग गरेका थिए ।  

सोमबार बिहानै पिपिई लगाएका ६ जना युवाहरुले सरकारी निकायको उदाशिनतालाई नाङ्गो बनाईदिएका छन् । जिल्ला स्थीत कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयहरुले कार्यालय सहयोगी उपलब्ध नगराए पछि स्वयंसेवकका रुपमा युवाहरु सहयोगका लागि गएका हुन् । पछिल्लो समय आइसोलेसन केन्द्रले थप संक्रमित ल्याउन रोकेको छ । ‘कार्यालय सहयोगी नपठाउने भएपछि स्थानीय तहलाई संक्रमित नल्याउन भनेको छु ।’ केन्द्रका डा. अनिल केसिले भने ‘आज स्थानीय युवाहरुले धेरै सहयोग गर्नु भयो । २० वटा बेड गेटबाट रुमसम्म लगेर जोड्ने, बिस्तारा मिलाउने, औजारहरु र स्वास्थ्य सामाग्री सेटअपमा सहयोग गर्नु भयो ।’

अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्रमा आवश्यक स्वास्थ्य सामाग्री कम हुन थालेपछि डा. केसिले आर्थिक सहयोगका लागि समेत अपिल गरेका छन् । उनले गरेको अपिलपछि स्थानियहरुले सरकारको लाचारी भनेका छन् । सामाजिक संजालहरुमा सरकारी निकाय र सरकारले आईसोलेशन केन्द्रलाई आबस्यक सहयोग नगरेको भन्दै तिक्तता पोखिएको हो । ‘यो त जिल्ला स्थीत सरकारी कार्यालय र स्थानीय तहहरुको लाचारी पन हो । डाक्टरलाई सहयोग गर्नु पर्नेमा बेवास्ता गरिएको छ ।’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन् ‘अस्पतालमा कार्यरत डाक्टरले आइसोलेसन केन्द्र संचालन गर्न सहयोग माग्नुपर्ने दुर्भाग्यपुर्ण खबर हो ।’

अहिले रोल्पाको आइसोलेसन केन्द्रमा २१ जना उपचारका लागि भर्ना भएकाछन् भने अन्य १६ जनालाई यहाँ ल्याउने तयारी भईरहेको छ ।  

 

 

 

प्रकाशित: १ असार २०७७ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App