पर्सा सुपौली १ का ६८ वर्षीय पुरुष र वीरगन्ज १४ का ६२ वर्षीय पुरुष, बाराका ४२, ५९, ७० र ७५ वर्षीय पुरुष तथा सुर्वण गाउँपालिका ४ हर्दियाका २३ वर्षीया गर्भवती महिला, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपलिका ४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुरक्षा निकायका सोह्र सयमा कोरोना
विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ। मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन।
सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ
कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ। बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए।
बर्दिबास नगरपालिकाले आफैँ कोभिड–१९ परीक्षण गर्दै
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि आफैँ कोभिड–१९ को परीक्षण शुरु गरेको छ। आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड–१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए।
पुजारीका हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शन
रौतहटको हनुमान मन्दिरका पुजारीका हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन भएको छ। माधव नारायण नगरपालिका २ मा गत बुधबार राति हत्या भएका पुजारी श्रीराम साहका हत्यालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रदर्शन गरेको हो।
पोखरामा कोरोना संक्रमित पुरुषको अस्पताल पुग्नासाथ निधन
कोरोना संक्रमणले पोखरामा एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउन पुगेका पोखरा महानगरपालिका–१६ का ५२ वर्षिय पुरुषको शुक्रबार मध्यान्ह मृत्यु भएको हो।
उद्योगीपती विनोद चौधरीलाई कोरोना पोजेटिभ
उद्योगीपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्।
वनक्षेत्रको जग्गा किनबेच गरेकाे आरोपमा ७ जना पक्राउ
वन अतिक्रमण गरी बनाइएकोे अवैध जमिन बिक्री वितरण गरेको आरोपमा उदयपुर प्रहरीले आधादर्जन बढीलाई रंगेहात पक्राउ गरेको छ। जिल्लाको बेलका नगरपालिका ३ सिरिया टप्पुस्थित वनक्षेत्रको जग्गा अतिक्रमण गरी प्लटिङ गरेर किनबेच गरिरहेको अवस्थामा १२ लाखबढी नगद तथा झण्डै ७ लाख बराबरको चेकसहित उदयपुर, सुनसरी, भोजपुर र खोटाङका ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
चितवनमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
चितवनमा कोरोना संक्रमण (कोभिड १९) बाट थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रा लिमा मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
‘भारी वर्षा हुने सम्भावना रहेका स्थानमा २४ घण्टा सतर्कता अपनाऔं’
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
प्राकृतिक विपद्: तीन महिनामा १ सय ७९ जनाले ज्यान गुमाए, ४२ बेपत्ता
बिगत तीन महिनामा बिपदजन्य घटनामा परी १ सय ७९ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीको बिपद व्यवस्थापन विभागको तथ्यांकअनुसार बैशाख १ देखि असार मसान्तसम्ममा प्राकृतिक बिपदका घटनामा १ सय ७९ जनाले ल्यान गुमाएका हुन् भने ४२ जना बेपत्ता छन्। बिपदका घटनाबाट ४ सय ३४ जना घाइते छन्।
पाँचथरमा सातदिनसम्म सवारी साधन चलाउन रोक, फिदिम बजार बन्द
जिल्लामा आन्तरिक रुपमा चल्दै आएका सवारी साधन सात दिनका लागि सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाईसरको संक्रमण बढ्दै गएसँगै गाडी सञ्चलनमा रोक लगाइएको हो।
१२ घण्टा नबित्दै वीपीमा ३ जना कोरोना संक्रमितको मृत्यु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो १२ घण्टा पनि नबित्दै ३ जना कोरोना संक्रमतिको उपचारको क्रममा निधन भएको छ। हिजो (बिहिबार) पौने ७ बजे सिरहाको५५ बर्षीय एक संक्रमितको निधन भएको थियो।
कोरोना संक्रमित थप एक महिलाको मृत्यु
मोरङको बेलबारीकी एक महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको छ । कोरोना भाइरस संक्रमित महिलाको शुक्रबार बिहान ३ बजे १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
झापाका एक जना कोरोना संक्रमितको धरानमा मृत्यु
झापाका एक जना कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ। एक साता अघि कोरोना संक्रमण पुष्टि भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापा कमल गाउँपालिकाका–३ का ८३ वर्षीय बृद्धको शुक्रबार बिहान मृत्यु भएको हो।
अनलाइन सेवा प्रदायकमाथि प्रहरी धरपकड
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अनलाइन सेवा प्रदायक कर्मचारी र व्यवसायीलाई धरपकड गरेको छ। उनीहरूले अत्यावश्यक सामग्री भन्दै पिज्जा र मःमः जस्ता खानेकुरा तथा अत्यावश्यक सामग्रीको सूचीमा नपर्ने सामानहरू होम डेलिभरी गरेको आरोप प्रहरीले लगाएको छ।
निजीमा रेबिज बिरुद्धको खोप लाउने तीनको मृत्यु
दोलखाको मेलुङ गाउँपालिकाका तीनजनाको रेबिजका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा मेलुङ गाउँपालिका–६ का ८ वर्षीय बालक कुशल नेपाली, ५ का १५ वर्षीय सुरज विक र ६ का ३२ वर्षीय रामचन्द्र भण्डारी छन्। उनीसहित १० जनालाई गत असार २६ गते एकै दिन कुकुरले टोकेको थियो। निजी मेडिकलबाट गलत समय र तरिकाले खोप लगाउँदा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।
अलमलबाट सुधारतिर, कोरोनाविरुद्ध प्रदेश सक्रिय
कोरोना संक्रमण बढिरहेका बेला प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ। विगतमा आशालाग्दो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन चुक्दा आलोचित बनेका प्रदेश सरकार अहिले फेरि कोरोनाविरुद्ध सक्रिय हुन थालेका छन्। केही प्रदेश सरकारका प्रमुख (मुख्यमन्त्री) अहिले जिल्ला दौडाहामा छन्। उनीहरूले सरोकारवालासँग छलफल गरी सुझाव लिइरहेका छन्। साथै कोरोनाविरुद्ध लड्न आवश्यक बजेट व्यवस्थाका लागि पनि सक्रियता देखाएका छन्। संघीय सरकारको मुख ताक्ने र मातहतका संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा संक्रमणले भयावह रूप लिन थालेपछि प्रदेश सरकार आफैं सक्रिय हुन थालेका हुन्। यसबाट जनमानसमा थप उत्साह सञ्चार भएको छ।
अझै रोकिएन भक्तपुरमा कोरोना भयावह
बिहीबार जिल्लाभरमा अहिलेसम्मकै दोश्रो वढी कोरोना संक्रमित पुष्टि भएपछि भक्तपुरमा बढेको कोरोना भयावह अझै हटन सकेको छैन । बिहीबार जिल्लामै अहिलेसम्मकै दोश्रो सबैभन्दा वढी ४१ जनामा कोरोना पुष्टि भएको स्वास्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइयो । जिल्लामा यसअघि सबैभन्दा वढी एकैदिन ५० जनासम्म संक्रमित पुष्टि भएको थियो ।
प्रदेश २ मा एकैदिन थपिए ८ मृतक, १२४ संक्रमित
पर्सा सुपौली १ का ६८ वर्षीय पुरुष र वीरगन्ज १४ का ६२ वर्षीय पुरुष, बाराका ४२, ५९, ७० र ७५ वर्षीय पुरुष तथा सुर्वण गाउँपालिका ४ हर्दियाका २३ वर्षीया गर्भवती महिला, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपलिका ४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
वीपीमा सिरहाका एक कोरोना संक्रमितको निधन
प्रदेश २ को सिराह नगरपालिका वडा नं २ का ५५ बर्षीय पुरुषको उपचारको क्रममा आज(बिहिबार) साँझ निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पताल निधन भएको हो । मृतक भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका थिए ।
प्रहरीद्वारा हिरासतमै हत्या गरिएको भनी दलितले गरे इप्रका घेराउ
प्रहरी हिरासतमा रही बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय राम चमारलाई प्रहरीले यातना दिएर हत्या गरेको आरोप लगाउँदै विहीवार इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
निषेधाज्ञा उल्लङघन गरेको भन्दै होम डेलिभरी र टेक अवे सेवा प्रदायक प्रहरी नियन्त्रणमा
निषेधाज्ञाको बेला 'होम डेलिभरी र टेक अवे' सेवा प्रदान गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक सामग्री भन्दै पिज्जा र मःमजस्ता खानेकुरा तथा अत्यावश्यक सामग्रीको सूचीमा नपर्ने सामानहरू होम डेलिभरी गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनामा परी एकको मृत्यु, तीन जना घाइते
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको बासघारीमा बिहीबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं. ९ अरनिको राजमार्गस्थित बासघारीमा भएको दुर्घटनामा परी हात्ती गाडीको चालक झापा अर्जुनधारा नगरपालिका २ बस्ने वर्ष २६ को मिलन मगरको मृत्यु भएको हो ।
कोरोना संक्रमित ६ जना प्रहरी डिस्चार्ज
खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जना प्रहरी डिस्चार्ज भएका छन् । बिराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएपछि क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनबाटै स्वाब संकलन गरी पिसिआर परीक्षणकाक्रममा संक्रमण पुष्टि भएपछि गत साउन ३१ गतेदेखि जिल्ला अस्पतालको आइसोसेलनमा राखिएका प्रहरी जवान बिहिबार डिस्चार्ज भएका हुन् ।