१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

प्राकृतिक विपद्: तीन महिनामा १ सय ७९ जनाले ज्यान गुमाए, ४२ बेपत्ता

२८ करोड ७३ लाख रुपौयाँ बराबरको क्षति

फाइल तस्वीर

बिगत तीन महिनामा बिपदजन्य घटनामा परी १ सय ७९ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीको बिपद व्यवस्थापन विभागको तथ्यांकअनुसार बैशाख १ देखि असार मसान्तसम्ममा प्राकृतिक बिपदका घटनामा १ सय ७९ जनाले ल्यान गुमाएका हुन् भने ४२ जना बेपत्ता छन्। बिपदका घटनाबाट ४ सय ३४ जना घाइते छन्।  

यो अवधिमा सबैभन्दा बढी पहिरोमा परेर ज्यान गुमाएका छन्। पहिरोमा परेर तीन महिनाको अवधिमा एक सय पाँच जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता छन्। पहिरोमा परी ८४ जना घाइते भएका छन्।  

त्यसपछि चट्याङ लागेर ज्यान गुमाउनेहरुको संख्या पनि धेरै छ। यो अवधिमा चट्याङ लागेर ४७ जनाले ज्यान गुमाएका भने एक सय ५६ जना घाइते भएका छन्। सोही अवधिमा आगलागी र जनावरको आक्रमणबाट सात÷सात जनाले ज्यान गुमाएका छन् भने १ सय ५८ जना घाइते छन्। हावाहुरी र बाढीबाट १२ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते छन्। बाढीबाट २३ जना बेपत्ता छन्। यो अवधिमा अरिरल वर्षाका कारण पनि एक जनाको ज्यान गएको छ।  

बिपदका १ हजार १३ घटनामा २ हजार २ सय २ घर, ९४ गोठमा क्षति पुगेको छ। १ हजार एक सय ४ चौपाया मरेका छन् भने ९ हजार १ सय ५७ जना बिस्थापित भएका छन्। त्यस्तै छ उदोग, ७ विद्यालय र ६ सरकारी कार्यालयमा क्षति पुगेको छ। तीन महिनामा बिपदबाट २८ करोड ७३ लाख ८९ हजार ६ सय रुपौयाँ बराबरको क्षति भएको छ।  

१ हजार एक सय चौपाया मरे

बिपदका घटनामा परी पशु चौपाया समेत मरेका छन्। तीन महिनामा १ हजार एक सय ४ चौपाया मरेका छन्। सबैभन्दा धेरै बाढीबाट ५ सय ३३ चौपाया मरेका छन्। त्यस्तै आगलागीबाट दुई सय ३६ चौपाया मरेका छन् भने पहिरोबाट पनि दुई सय ९ चौपाया मरेका छन्। चट्याङबाट एक सय ४ चैपाया  र जनावरको आक्रमणबाट पनि दुई चौपाया मरेका छन्।  

२ हजार २ सय घर ९४ गोठमा क्षति 

बिपदका घटनाबाट दुई हजार दुई सय २ घरमा क्षति भएको छ भने ९४ गोगमा क्षति पुगेको छ। सबैभन्दा धेरै हावाहुरीले एक हजार ७ सय ९४ घरमा क्षति पुगेको छ। आगलागीबाट १ सय ६३ घरमा क्षति भएको छ भने बाढीबाट ५१ घरगोठमा क्षति गरेको छ।

पहिरोबाट एक सय ३ घरगोठमा क्षति हुँदा चट्याङबाट पाँच घरगोठमा क्षति पुर्याएको छ।

जनावरको आक्रमणबाट १० घरमा क्षति पुर्याएको छ। अबिरल बर्षाका कारण एक सय १५ घरगोठमा क्षति पुगेको छ।

आर्थिक क्षति

तीन महिनामा बिपदबाट २८ करोड ७३ लाख ८९ हजार ६ सय रुपौयाँ बराबरको क्षति भएको छ। सबैभन्दा बढी आगलागीबाट २० करोड ६९ लाख ६२ हजार बराबरको क्षति भएको छ भने बाढीबाट ३ करोड १३ लाख ४३ हजारको क्षति भएको छ।  

त्यस्तै पहिरोले दुई करोड १० लाख बढीको क्षति गरेको छ भने चट्याङबाट १८ लाख ३५ हजार बराबरको क्षति भएको छ।  

जनावरको आक्रमण ३ लाख ३३ हजार बराबरको क्षति हुँदा हावाहुरीका कारण एक करोड ६० लाख ८४ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको छ। अबिरल बर्षाका कारण ९६ लाख ७६ हजार रुपैयाँको क्षति भएको छ।

नेपाल प्रहरीको तथ्यांक 

प्रकाशित: १२ भाद्र २०७७ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App