coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा परी एकको मृत्यु, तीन जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको बासघारीमा बिहीबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं. ९ अरनिको राजमार्गस्थित बासघारीमा भएको दुर्घटनामा परी हात्ती गाडीको चालक झापा अर्जुनधारा नगरपालिका २ बस्ने वर्ष २६ को मिलन मगरको मृत्यु भएको हो । जगातीबाट साँगातर्फ जादै गरेको बा३ख ५३२२ नम्बरको तेल बोकेको ट्यांकर र बिपरित दिशाबाट आइरहेको बा२१च ८८०५ नम्बरको पानीको जार बोकेको हात्ती गाडी एक आपसमा ठोक्किई सवारी दुर्घटना भएको हो ।  

घटनापछि तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले नजिकै सल्लाघारीमा रहेको डा. ईवामुरा अस्पताल भक्तपुर पुर्याएकोमा उपचार हुँदाहुदै चालक मगरको सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको महानगरीय पहरी परिसर भक्तपुरले जनाएको छ ।  

दुर्घटनामा परी हात्ती गाडीमा सवार तीन जना मानिस घाइते भएका छन । दुर्घटनामा परी बा२१च ८८०५ नम्बरको सहचालक मोरङ अमरदह गाउपालिका ८ घर भई हाल काठमाडांै जोरपाटी बस्ने वर्ष १५ को बिबेक राजबंशी (गम्भीर घाइते), सोही गाडीमा सवार काभ्रे साँगा घर भएकी वर्ष २२ की सृजना तामाङ (अवस्था सामान्य) र सोही गाडीमा वस्ने सृजना तामाङको छोरा १९ महिनाको मेडिज तामाङ (अवस्था सामान्य रहेको) घाइते भएका छन् । उनीहरू सबैलाई उपचारका लागि डा. इवामुरा अस्पताल सल्लाघारीमा लगिएको थियो ।  

दुर्घटना पश्चात घटनास्थलमा भएका दुबै सवारीसाधनहरूलाई महानगरीय प्रहरी वृत्त जगातीमा ल्याउने कार्य भएको जनाइएको छ । दुर्घटना पश्चात फरार रहेका बा३ख ५३२२ नम्बरको तेलको ट्यांकर चालकको खोजतलास कार्य भइरहेको परिसरका सुचना अधिकृत दीपक गिरीले जनाए ।

प्रकाशित: ११ भाद्र २०७७ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App