८ वैशाख २०८१ शनिबार
समाज

कोरोना संक्रमित ६ जना प्रहरी डिस्चार्ज

कोरोना जितेका प्रहरी जवानलाई बिदाई गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायत । तस्बिर : नागरिक

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जना प्रहरी डिस्चार्ज भएका छन् । बिराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएपछि क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनबाटै स्वाब संकलन गरी पिसिआर परीक्षणकाक्रममा संक्रमण पुष्टि भएपछि गत साउन ३१ गतेदेखि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका प्रहरी जवान बिहिबार डिस्चार्ज भएका हुन् ।  

कोरोना जितेका प्रहरी जवानलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरिया, शसस्त्र प्रहरीका डिएसपी सरोज कार्की, जिल्ला अस्पतालका प्रमुख रबिनकुमार फुयाँल र डा. शैलेस श्रेष्ठले खादा ओढाएर बिदाइ गरेका हुन् । उनीहरूको भदौ ९ गते स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो । डिस्चार्ज भएका प्रहरीलाई डेढदेखि दुई मिनेटभित्रै बिदाई गरिसकिएको थियो । उनीहरुलाई अझै हप्ता दिनसम्म क्वारेन्टीनमा राखेपछि मात्र ड्यूटीमा खटाइने डिएसपी चिमोरियाले बताए ।  

बिराटनगरबाट गत साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका ११ जवानमध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा सँगै राखिएका ८ जनामध्ये ६ जनालाई संक्रमण पुष्टि भएपछि बाँकी रहेका दुई जवानको पुःन पिसिआर परीक्षणकाक्रममा अर्का एक जना जवानलाई समेत संक्रमण भएको पुष्टि भएको छ । उनलाई भदौ ९ गतेदेखि आइसोलेसनमै राखिएको छ ।

प्रकाशित: ११ भाद्र २०७७ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App