coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

एरिक्सन अस्पतालबाट डिस्चार्ज

युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघात भई अस्पताल भर्ना भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ६ दिनपछि डिस्चार्ज भएका छन्।

सिन्धुलीमा १ सय वर्षीया वृद्धाले जितिन् कोरोना

कमलामाई नगरपालिका ६ की इन्दिराकुमारी थापाले बुधबार पाँच दिनको कोभिड अस्पतालको बसाईपछि कोरोना जितेर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटाले जानकारी दिए।

कोरोना संक्रमित ६ जना प्रहरी डिस्चार्ज

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जना प्रहरी डिस्चार्ज भएका छन् । बिराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएपछि क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनबाटै स्वाब संकलन गरी पिसिआर परीक्षणकाक्रममा संक्रमण पुष्टि भएपछि गत साउन ३१ गतेदेखि जिल्ला अस्पतालको आइसोसेलनमा राखिएका प्रहरी जवान बिहिबार डिस्चार्ज भएका हुन् ।

पूर्वमन्त्री चौरसियासहित ७० जना संक्रमित डिस्चार्ज

शुक्रबार राति र शनिबार साँझ गरी वीरगन्जका २ वटा कोरोना बिशेष अस्पतालबाट यहाँ ७० जना कारोनाबाट संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण, ४९९ डिस्चार्ज

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ७ सय ८८ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ डिस्चार्ज

पछिल्लो २४ घन्टामा ७ हजार ९ सय २६ जनाको आरटि पिसिआर विधिबाट स्वाब परीक्षण गरिएकोमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा बोल्दै डा. जागेश्वर गौतमले शुक्रबार थपिएका ४ सय ६४ जना सहित नेपालमा कोरोना संक्रमितको संखया २२ हजार २ सय १४ पुगेको छ ।

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियपमत पत्रकार सम्मेलनमा जनाएको छ ।

नारायणी कोभिड अस्पतालबाट शुक्रबार १८ जना संक्रमित डिस्चार्ज

वीरगन्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट शुक्रबार पर्साका १८ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। उनीहरुको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका संयोजक डाक्टर निरज सिंहले बताएका छन् ।

१०९ जना संक्रमित थपिँदा १०६ डिस्चार्ज

शनिबार थप १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ

७०.३९ प्रतिशत संक्रमित अस्पतालबाट डिस्चार्ज

पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

साेमबार १७०५ जना डिस्चार्ज, ६०.७५ प्रतिशत संक्रमित निको

पछिल्लो २४ घन्टामा एक हजार सात सय पाँच जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन्। उनका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या १० हजार २९४ पुगेको बताए । उनले कोरोना निको हुनेको कुल संक्रमितको ६०.७५ प्रतिशत रहेको बताए । आइतबार १४७ जना, शनिबार ४३१ जना र शुक्रबार १२० जना निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो १० दिनमा ३७८६ जना कोरोना संक्रमित डिस्चार्ज

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १० दिनमा तीन हजार सात सय ८६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६ सय ७३ जना संक्रमित थपिएका छन् भने आठजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

२०४ संक्रमित थपिँदा ६८८ जना डिस्चार्ज

कोरोना भाइरसका २०४ संक्रमित थपिएका छन् भने ६ सय ८८ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ जनामा संक्रमण पुष्टि भएको छ भने ६ सय ८८ जना डिस्चार्ज भएका बताएका छन् ।

प्रदेश १ मा १४ जना डिस्चार्ज

प्रदेश १ बाट कोरोना जितेर १४ जना डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमण मुक्त भएर १४ जना डिस्चार्ज भएका हुन् ।

सोमबार १२१ डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ३१३४

कोरोना भाइरसको संक्रमणबाट शनिबार एक सय २१ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या तीन हजार एक सय ३४ जना पुगेकाे छ । जसमा दुई सय ६८ महिला र दुई हजार आठ सय ६६ पुरुष छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्