५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेन्द्रको नागरिकता रद्द गरी पाँच वर्ष जेल हाल्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।

शाहले आफूखुसी थर परिवर्तन गरेका भन्दै शुक्रबार युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन्। सफलले शाहको नागरिकता रद्द गर्न, पाँच वर्ष कैद गर्न र एक लाख जरिवाना गर्न पनि माग गरेका छन्।

बालेन्द्रले सुरुमा लिएको नागरिकतामा थर ‘साह’ नै उल्लेख भएको देखिन्छ। उनले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ५१९२ को नागरिकता २०६३ पुस ६ मा लिएका थिए। त्यसमा थर ‘साह’ नै लेखिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिति २०७९ असार १९ गते प्रथम प्रतिलिपि लिँदा उनले ‘साह’लाई ‘शाह’ बनाएको देखिन्छ। यसलाई अनधिकृत रूपमा नागरिकतामा उल्लिखित जात/थर परिवर्तन गराएको अर्थमा लिइएको छ। 

 

यो पनि पढ्नुहोस्

बालेन्द्र ‘साह’ कि ‘शाह’

 

सोही प्रतिलिपिमा उनले आफ्नो बुबा (स्व. रामनारायण साह) को नामको थर ‘साह’को ठाउँमा ‘शाह’ राखेको देखिन्छ। तर यो उनले आफैँ गराएका हुन् वा प्रशासनको त्रुटि हो भनेर खुलेको छैन। यसरी ‘स’ र ‘श’ मा देखिएको फरक उनका मातापिता र दाजुको नागरिकतामा समेत देखिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८२ १९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App