भक्तपुरको विश्व प्रसिद्ध न्यातापोल (पाँंचतल्ले मन्दिर) परिसर शनिबार अन्य दिनहरु भन्दा फरक परिदृष्यमा थियो। सानो नौ वर्षका बालकदेखिका झण्डै तीन दर्जन भन्दा वढी समूहको एउटा टोलीले पुरानो कर सिं बाजा (एक प्रकारको पुरानो बाजा) को शानदार प्रदर्शनले पाँंचतल्ले मन्दिर परिसरको माहौल केही घण्टा तातेको थियो।
अवैध क्रसर उद्योग सञ्चालन गर्ने तीन पक्राउ
अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना सञ्चालकलाई नियन्त्रणमा हो।
भूमिहीन र सुकुम्बासीको अझै तथ्यांक संकलन हुन सकेन
बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनमा ढिलाइ भएको छ।
सन्दीपविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज सुनुवाई हुँदैछ। मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ।
सुन लुट्न दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ
पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या भएको छ। दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ।
गाईघाट बजारमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु
गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै
नाबालिगमाथी बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो।
यातायात मजदुरलाई मासिक प्रशिक्षण
संघीय राजधानी पूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ।
तराईका थारू समुदाय मनाइरहेछन् बहर जातरा पर्व
आदिवासी थारू जाति सुख- शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाइरहेका छन्।
सर्लाहीमा नक्कली नोट बनाउने गिरोह सक्रिय रहेको खुलासा
सर्लाहीमा नक्कली नेपाली रूपैयाँको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ।
आत्महत्या गर्नेमा युवा बढी
आत्महत्या गर्नेको संख्या पछिल्ला वर्षमा विकराल बन्दै गइरहेको छ। कर्णालीमा आत्महत्याको संख्या डरलाग्दो अवस्थामा रहेको छ।
पहिरोपीडितको निहुँमा चुरे अतिक्रमण
साना बुट्यान काटेर छरपस्ट छ। बुट्यानका हाँगाबिँगाले बाटोको किनारै किनारमा बार लगाइएको छ। भित्र खेती लगाउनका लागि हलोले जोतिएको छ।
दोहन गर्न छेउ लगाइएको भेरी प्रहरीको प्रयासले पुरानै धारमा
नदीजन्य पदार्थ निकाल्न तस्करहरूले फर्काएको भेरीको धार पुरानै अवस्थामा फर्काइएको छ। भेरीगंगा नगरपालिकाको छिन्चु खोला र भेरी नदी मिसिने दोभान क्षेत्रमा फैलिएको भेरी नदीलाई तस्करहरूले बाँध बनाएर एक छेउतिर डोर्याएका थिए।
देशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज देशका पहाडी भूभागमा हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘सहिद’माथि विभेद
२०५८ फागुन २६ गतेदेखि १८ दिन अपहरण परेका प्रावि हरिगातिनाका २४ वर्षीय शिक्षक तिलकराम नेपालीलाई विद्रोही माओवादीका कार्यकर्ताले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे।
जुम्लामा ‘चिया बाजे’ नामले परिचित छन् ६७ वर्षीय काशीराम
जुम्ला चन्दननाथ नगरपालिका -२ का काशीराम भण्डारी र देवीकन्या भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ। यहाँ बिहानै देखि बेलुकी अबेर सम्म चिया पिउनका लागि ग्राहक आइपुग्छन्।
भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक
जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।
दुर्गमको पीडा: पोष्टमार्टम गर्नै दुई दिन
‘राज्यले दुर्गमका जनतालाई जहिले सौतेलो व्यवहार गरेको प्रमाण यहि हो। हामीलाई जहिले पीडा माथि पीडा थपिन्छ। पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा भन्छिन् ‘नजिकमा डाक्टरको पहुच नहुनुका कारण हरेक दिन यहाँका स्थानियले सास्ती खेप्न बाध्य छन्।
सेवा करार कर्मचारी संगठित
मोरङका विभिन्न सरकारी कार्यालयमा कार्यरत श्रेणीविहीन सेवा करारका कर्मचारी संगठीत भएका छन्। शनिबार विराटनगरमा आयोजित भेलाले युवराज ढकालको अध्यक्षतामा ११ सदस्यीय मोरङ जिल्ला तदर्थ समिति गठन गरेको छ।
पुस्तान्तरण हुँंदै पुराना बाजा बजाउने कला
भक्तपुरको विश्व प्रसिद्ध न्यातापोल (पाँंचतल्ले मन्दिर) परिसर शनिबार अन्य दिनहरु भन्दा फरक परिदृष्यमा थियो। सानो नौ वर्षका बालकदेखिका झण्डै तीन दर्जन भन्दा वढी समूहको एउटा टोलीले पुरानो कर सिं बाजा (एक प्रकारको पुरानो बाजा) को शानदार प्रदर्शनले पाँंचतल्ले मन्दिर परिसरको माहौल केही घण्टा तातेको थियो।
तराईका थारु समुदायद्दारा सुःख शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाउँदै
नयाँ वर्ष २०८० आउन अब पाँच दिनमात्र बाँकी छ। सिरुवा अर्थात पहिलो पर्व, जुन वर्षको सुरु दिन मनाइन्छ। यो सिरुवा पर्वको पूर्व सन्ध्यामा थारु समूदायको बहर जातरा पर्व मनाउने गरेका छन।
जब हेलिकप्टर अवतरणको क्रममा पंखाको टुक्रा खस्यो..
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ।
नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै
नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन सिन्दुरे जात्रा मनाउन लागिएको छ। जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो।
आजबाट हरवाचरवाको अधिकार यात्रा
मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।
अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित
नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा जुम्लाले अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरेको हो।