२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै

नाबालिगमाथी बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो। यसअघि पटक पटक पेसी चढेपनि  उक्त मुद्दाले सुनुवाईको पालो पाएको थिएन। आज सुनुवाईको सम्भावना रहेको छ  

परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालत पाटनले बदर गरेर पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएको थियो। उनी पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए। 

प्रकाशित: २६ चैत्र २०७९ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App