राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सप्तकोशी क्षेत्रमा अवस्थित खुवालुङलाई सभ्यताको द्वारको रूपमा चित्रण गरेका छन्।
बुधबार सो क्षेत्रको भ्रमणपछि सामाजिक सञ्जालमार्फत नेता शाहले खुवालुङ किराँती समुदाय तथा समस्त नेपालीहरूका लागि पवित्र धार्मिक एवं सांस्कृतिक स्थल रहेको बताए।
उनले मुन्धुममा खुवालुङलाई सभ्यताको द्वार मानिने उल्लेख गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश पारे।
शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक आध्यात्मिक परम्पराको प्रतीक हो।’
उनले खुवालुङले सिङ्गो किराँती सभ्यता, आदिवासी पहिचान र मानव तथा प्रकृतिबीचको सम्बन्धलाई झल्काउने बताए। यो क्षेत्र इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्ने स्थल भएको उनको भनाइ छ।
प्रकाशित: २१ माघ २०८२ १७:०१ बुधबार





