१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

तराईका थारु समुदायद्दारा सुःख शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाउँदै

सुःख शान्तिको कामना गर्दै इटहरी वडा नं. १६ मा बहर जातरा पूजा गर्दै थारु समूदायका अगुवा। तस्बिर : अमर/नागरिक

आदिवासी थारु जातिले सुःख शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाइ रहेका छन्।

नयाँ वर्ष २०८० आउन अब पाँच दिनमात्र बाँकी  छ। सिरुवा अर्थात पहिलो पर्व, जुन वर्षको सुरु दिन मनाइन्छ। यो सिरुवा पर्वको पूर्व सन्ध्यामा थारु समूदायको बहर जातरा पर्व मनाउने गरेका छन।

थारु समुदायले आफ्नो ग्रामथानभन्दाको सीमाभन्दा बाहिर खेतमा पूजा गरेर सुःख शान्ति, परिवारका सदस्यलाई कुनै पनि प्रकारको रोग नलागोस् भनेर कामना गर्नुका साथै झाडापखाल र अन्य ठूलो संक्रमण नफैलियोस् भनेर पूजा गर्ने गरिएको इटहरी वडा नं. १६ का सीतराम चौधरीले बताए।

हाम्रो पौराणिक धर्म अनुसार चैैत मसान्तको दिन बहर जातरा मनाउने गरिएपनि चैत अन्तिम सातादेखि नै यो मनाउने गरिन्छ,’ सीतारामले भने।बहर जातरा सिरुवा पर्व वा जुरशीतललाई स्वागत गर्न मनाइने गरिन्छ । सिरुवा पर्व थारुसँगै राजवंशी, ताजपुरिया, गनगाईं, माझी, मेचे, उराव, किसान, धिमाल लगायतका समुदायले मनाउने गर्छन्।

घरमा कुल देवताको पूजा पाठ गरेर र मान्यजनबाट आर्शिवाद लिएर सिरुवा पर्व मनाउने गरिन्छ,’ इटहरी वडा नं. १६ कै महीनारायण चौधरीले भने, ‘अहिले थारु समुदायको बाहुल्यता भएको स्थानमा बहर जातरा पर्व मनाउने क्रम चलिरहेको छ भने सिरुवा पर्वका लागि प्रत्येकले घर लिपपोतसँगै सिगार्ने काम भइरहेको छ।

सिरुवा पर्वमा महिलाहरुले विभिन्न किसिमको रंगिन माटोको प्रयोग गरी लिपपोत गरी चैत अन्तिमदेखि चिटिक्क पार्न थाल्छन्।‘विगतका तीन वर्ष कोरोना महामारीले गर्दा राम्रोसँग बहर जातरा र सिरुवा पर्व मनाउन पाएनौं,’ महीनारायणले भने, ‘तीन वर्ष हाम्रा लागि सारै दुःखका वर्ष भए। यसपटक भने जताततै धुमधामसँग पर्व मनाई रहेका छौं।

धुमधामसाथ पानी छ्यापेर सिरुवा पर्व मनाउने तयारी थारु समुदायको रहेको इटहरीकै अगुवा तेजनारायण चौधरीले बताए।  पानी सिरुवाका अवसरमा अघिल्लो वर्षको दुःख र कष्टलाई पानीले धोई पखाली नयाँ वर्षभरि शरीर शीतल रहोस् भनी कामना गर्ने प्रचलन छ। सिरुवा मनाएको रात जडीबुटी ल्याएर घरको चारैतिर पूजापाठ गर्ने प्रचलनसमेत छ।नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै ठूलाबाट सानाले आर्शिवाद लिने चलन पनि छ। 

बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउँकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून’ भनेर आशिष दिने गरिन्छ। यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो। चुलोको लिपपोत गरेर पूजा गरिन्छ।त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन। दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा छ। वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ।सिरुवा पर्वको अवसरमा पूर्वी तराईंका जिल्लाहरुका थारु समुदाय नजिक रहेको धार्मिक स्थलमा मेला लाग्ने गर्छ।

प्रकाशित: २५ चैत्र २०७९ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App