२ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

जब सुनिललाई सुर्तीजन्य पदार्थको विज्ञापन गर्न ४० करोडको अफर आयो...

बलिउडका धेरै सुपरस्टार आफूलाई फिटनेस प्रेमी भनेर चिनाउँछन्। तर ती कलाकारहरू आफैं सुर्तीजन्य पदार्थको विज्ञापन गर्न पछि हट्दैनन्। 

चाहे अक्षय कुमार हुन् वा शाहरुख खान। पान मसला भनेर सुर्तीजन्य पदार्थको विज्ञापन ठूलो मात्रामा भइरहेको छ। भारतमा सुर्तीजन्य पदार्थको बजार निकै ठूलो छ। त्यसलाई झन् बढाउने काम बलिउडका कलाकारहरूले नै गरिरहेका छन्।

तर सुनिल शेट्टी भने अरुभन्दा अलग छन्। हालै दिएको एक अन्तर्वार्तामा उनले अन्य कलाकारजस्तै आफूलाई पनि सुर्तीजन्य पदार्थ (तम्बाकु) को विज्ञापनका लागि प्रस्ताव आएको सुनाएका छन्। उनका अनुसार विज्ञापनको रकम ४० करोड भारु थियो। तर उनले अस्वीकार गरे।

सुनिल शेट्टी बलिउडका ती कलाकार हुन्, जसले अहिलेसम्म सुर्तीजन्य पदार्थको विज्ञापन गरेका छैनन्।

अन्तर्वार्तामा उनले अस्वीकार गर्नुको कारण खुलाउँदै भने, ‘म मेरो स्वास्थ्यको लागि आभारी छु। मेरो शरीरले मलाई फिल्म उद्योगमा मौका दियो। यदि म यसलाई मेरो पूजास्थल मान्दिन भने, म आफैँलाई केही गरिरहेको छैन।’

उनले थपे, ‘म त्यस्तो केही गर्दिन जसमा म विश्वास गर्दिन। किनकि यसले मेरो छोरा अहान, आथिया र राहुल सबैलाई कलंकित गर्नेछ। त्यसपछि, कसैले पनि मलाई यस्तो प्रस्ताव गरेको छैन।’

प्रकाशित: १० माघ २०८२ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App