२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस देउवा–खड्का पक्ष किन बोलाउँदैछ राष्ट्रिय भेला?

नेपाली कांग्रेसको शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले विकसित घटनाक्रमबारे धारणा बनाउन राष्ट्रिय भेला गर्ने भएको छ। राष्ट्रिय सभा निर्वाचन लगत्तै राष्ट्रिय भेला आयोजना गरेर आवश्यक धारणा निर्माण गर्ने तयारी रहेको एक नेताले बताए।  

विशेष महाधिवेशनबाट  चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि तत्कालीन संस्थापन(देउवा–खड्का) पक्ष सर्वोच्च अदालतमा पुगेको छ।  

यसैबिचमा प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम अघि बढेसँगै देउवा–खड्का पक्ष थोरै रक्षात्मक देखिएको छ। यही कारण राष्ट्रिय भेलाबाट आवश्यक रणनीति बनाउने सो पक्षको तयारी छ।  

भेलामा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई बोलाउने तयारी गरिएको छ।  

प्रकाशित: १० माघ २०८२ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App