२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

धनुषा-३ : २७ हजार मतान्तरसहित मनिष झा विजयी

धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई भारी मतले पछाडि पार्दै सानदार जित दर्ता गराएका हुन्।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार झाले ४३ हजार १ सय ४२ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निधिले १५ हजार ९ सय ५२ मत मात्र ल्याउन सकेका छन्।

विजयी झा र कांग्रेसका शीर्ष नेता निधिबीचको मतान्तर २७ हजार १ सय ९० रहेको पाइएको छ।

त्यसैगरी, यस निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतो तेस्रो स्थानमा खुम्चिएकी छन्। उनले ९ हजार ५ सय १० मत मात्र प्राप्त गरेकी छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App