भक्तपुर क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायम गरेका छन्।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएका रास्वपा उम्मेदवार खत्रीले २१ हजार ४ सय ७४ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार बस्नेतले ५ हजार ७ सय ६३ मत मात्र ल्याउन सकेका छन्।
यी दुई उम्मेदवारबीचको मतान्तर निकै फराकिलो बनेको छ। खत्रीले बस्नेतलाई १५ हजार ७ सय ११ मतको भारी अन्तरले पछाडि पारेका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको अवस्था पनि निकै कमजोर छ। तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार कविर राणाले जम्मा ४ हजार ८ सय ४० मत प्राप्त गरेका छन्।
उनी शीर्ष स्थानका उम्मेदवार खत्रीभन्दा १६ हजार ६ सय ३४ मतले पछि परेका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा चौथो स्थानमा खुम्चिएका छन्।
उनले जम्मा ६ सय ७१ मत मात्र हासिल गरेका छन्। उनी राजिव भन्दा २० हजार ८ सय ३ मतले पछाडि छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०२:३५ शनिबार





