प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल सानदार मतका साथ विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै ठुलो मतान्तरले पछि पार्दै संसदको यात्रा तय गरेका हुन्।
विजयी पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत मात्र प्राप्त गरेका छन्। पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४ सय १८ रहेको छ।
यसैगरी, नेपाली कांग्रेसका माधवप्रसाद वास्तोला ६ हजार ५ सय मतका साथ तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङले १ हजार ६ सय ४३ र नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका कुशल गुरुङको पक्षमा १ हजार २ सय १ मत खसेको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ ०२:३२ शनिबार





