१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

सन्दीपविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज सुनुवाई हुँदैछ। मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ।  

फास्ट ट्र्याकबाट मुद्दाकाे किनारा लगाउन सर्वोच्चको आदेश भएसँगै सन्दिपको मुद्दा पटक पटक पेसी चढेर हेर्न नभ्याइने सूचीमा परेको थियो। उक्त मुद्दाको आज अन्तिम सुनुवाई हो।सुनुवाई १० वटा निवेदन र दुई मुद्दा पछि तोकिएको छ। प्राथमिकतामा परेकोले आज उक्त मुद्दामा सुनुवाई हुने सम्भावना छ।  

परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध भदौ २१ गते बलात्कारको जाहेरी दिएकी थिइन्। जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालत पाटनले बदर गरेर पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएको थियो। उनी पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए। 

प्रकाशित: २६ चैत्र २०७९ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App