२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘घण्टी घर’ पुगेर सुदनले भने- कुलमानलाई पनि मिलाउन पर्‍यो

जेन-जी आन्दोनलका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्।

सोमबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वाग्लेसँग छलफल गरेका हुन्। कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गुरुङले आफूहरू वैकल्पिक शक्तिहरूको एकीकरणको पहलमा लागेको बताए।

उनले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका प्रमुख बालेन शाह र कुलमान घिसिङ एकै ठाउँमा उभिनुपर्ने धारणा राखे।

‘मेरो माग भनेको कुलमान, बालेन र रवि लामिछाने सबै जना एकै ठाउँमा हुनुपर्छ र नयाँ शक्ति बन्नुपर्छ भन्ने हो,’ गुरुङले भने, ‘वैकल्पिक फोर्स बलियो बनाउन तिनै जनालाई एकै ठाउँमा ल्याउन हामीले पहल गरिरहेका छौँ।’

कुलमान घिसिङसँगको कुराकानी के भइरहेको छ भन्ने प्रश्नमा उनले छलफल सकारात्मक रहेको र थोरै विचार मिल्न बाँकी रहे पनि त्यो समयक्रममा मिल्ने विश्वास व्यक्त गरे। उपसभापति वाग्लेसँगको भेटमा पनि सबै पक्ष सकारात्मक देखिएको उनको भनाइ थियो।

यस्तै, रास्वपामा प्रवेश गर्न लाग्नुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा गुरुङले अहिले नै कुनै निर्णय नलिएको बताए। ‘त्यस्तो अहिले केही पनि धारणा बनाएको छैन, समयले बताउँछ,’ उनले भने।

प्रकाशित: १४ पुस २०८२ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App