यो साता सार्वजनिक भएको बक्स अफिस विवरणअनुसार चलचित्र ‘परान’ ले हलमा उल्लेखनीय प्रदर्शन जारी राखेको छ। गत साता नै ५१ औँ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले एक अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको थियो।
चलचित्रले हलमा करिब ६० दिन पूरा गरिसकेको छ। बक्स अफिस तथ्यांकअनुसार यति अवधिमा ‘परान’ ले छ लाख २७ हजार पाँच सय ८५ वटा टिकट बिक्री गर्न सफल भएको छ।
यसबाट चलचित्रले कुल १७ करोड ६७ लाख ३६ हजार आठ सय २८ रुपैयाँको व्यापार गरेको छ। यससँगै ‘परान’ चालु वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।
प्रकाशित: १४ पुस २०८२ १४:४९ सोमबार





