१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अवैध क्रसर उद्योग सञ्चालन गर्ने तीन पक्राउ

अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना सञ्चालकलाई नियन्त्रणमा हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि नरेशराज सुवेदीले बरबरिया गाउँपालिका १ का राम ग्यान राय यादव, राम ध्यान राय यादव र वडा नम्बर २ का शम्भु सहनीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। भैँसासुर र रामजानकी घाटमा करिब छ ओटा अवैध मोबाइल क्रसर लगाएर नदी दोहन कार्य गरिरहेको गुनासोको आधारमा प्रहरीले स्थलगत निरीक्षण गरी तिनै जनालाई नियन्त्रणमा लिएको हो।

सर्लाहीको बागमती नदी र आसपासको क्षेत्रमा व्यापक मात्रामा अवैध उत्खनन भइरहेको गुनासो बढेको थियो। स्थानीय प्रशासनलाई मिलाएर केही क्रसर सञ्चालकहरुले अवैध उत्खनन गरिरहेको गुनासो गृह मन्त्रालयसम्म पुगेको थियो । गृह मन्त्रालयले चासो लिएपछि बागमती नदीमा अवैध दोहन एवम् उत्खनन गर्ने तीन जना सञ्चालकहरु नै पक्राउ परेका छन । सरकारले खोला दोहनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएपछि अवैध दोहन निकै फस्टाएको पाइएको छ।

स्थानीय तहकै मिलोमतोमा खोलाको अवैध दोहन हुने गरेको पाइएको छ। बसबरिया गाउँपालिकाका अध्यक्षले भतिजो मुकेश यादवलाई चालू आर्थिक वर्षको लागि नदी उत्खननको ठेक्का दिएका  छन्। चालू आवका लागि यादवको तुलसी निर्माण सेवालाइ १३ लाखमा ठेक्का दिइएको छ। प्रति सिएफटि ५ रुपैया ३३ पैसामा नौ हजार घन मिटर ढुंगा, गिटी, ग्राभेल निकासी गर्न तुलसी निर्माण कम्पनीले ठेक्का पाएको भए पनि हालसम्म एक लाखभन्दा बढी घन मिटरभन्दा बढी निकासी भइसकेको देखिएको छ।

गत वर्ष पालिकाले बाबा भैसासुर कन्सट्रक्सनलाई ठेक्का दिएको थियो। भैँसासुर कन्स्ट्रक्सनका सञ्चालक राम ग्यान राय यादव हुन। यादवसँगै पक्राउ परेका सहनी वडाका प्रत्यासी हुन्। पूरै मिलोमतोमा नै अवैध रुपमा मोबाइल क्रसर उद्योग सञ्चालन हुने गरेकोमा क्रसर उद्योग सञ्चालकहरु नै पक्राउ परेपछि संलग्न सबै पक्षको भन्डाफोर हुने डरले पक्राउ परेकालाई छुटाउन धेरै पक्ष सक्रिय भएको बुझिएको छ।

प्रकाशित: २६ चैत्र २०७९ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App