प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन्।
आज बिहान बालुवाटारमा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले उनलाई बुद्धको चित्र उपहार दिएकी हुन्।
सोही क्रममा प्रधानमन्त्री कार्कीले मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह समेत गरिन्।
सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहोलमा होमिएको बताउँदै कार्कीले भनिन्, 'यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौं।’
प्रकाशित: १५ पुस २०८२ १२:०१ मंगलबार





