काठमाडौं–तराई फास्ट ट्र्याकको प्रगति ११ प्रतिशत
आयोजनाका अनुसार ढुंगामाटो कटिङको काम ७२.३४, फिलिङ ४६.३९, मेसिनरी स्ट्रक्चर ४६.३१, रिवाल १०.३९ र पाइप कल्भर्ट ३२ प्रतिशत सम्पन्न भएको छ।
आयोजनाका अनुसार ढुंगामाटो कटिङको काम ७२.३४, फिलिङ ४६.३९, मेसिनरी स्ट्रक्चर ४६.३१, रिवाल १०.३९ र पाइप कल्भर्ट ३२ प्रतिशत सम्पन्न भएको छ।
प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट इमेल सहित सेवाको अनुमति प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको हो।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सरकारले पहिलो चौमासिकबाटै आन्तरिक ऋण उठाउन सुरु गरेको जानकारी दिए। उनले भने, ‘अहिलेसम्म आन्तरिक ऋणबापत ३० अर्ब रूपैयाँ उठाइएको छ। कातिकभित्र ५७ अर्ब रूपैयाँ पु¥याउने तालिका बनाइएको छ।’
नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो।
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण सुख्खा बन्दरगाह निर्माणको काम ६ महिनादेखि ठप्प भएको छ।
कोरोना भाइरसले प्रभाव पारेको समयमा पनि नेपालगन्जमा उत्साहजनक रुपमा उद्योग दर्ता भएका छन्।
तमोर जलाशययुक्त परियोजनाका कारण रोकिएका समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका जग्गाको हकभोग कात्तिक महिनाबाट खुल्ला गर्न लगानी बोर्डले सैद्धान्तिक सहमति दिएको छ।
अपि पावर कम्पनी लिमिटेडले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको लगानी जुटाउनको लागि दुई अर्ब २२ करोड रुपैयाँ बराबरको शेयरधनीहरुका लागि हकपद शेयर जारी गर्ने भएको छ।
महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक क्षेत्रमा बजार पूर्ण रुपमा खुलिसक्दा पनि लेकसाइड भने अझै खुल्न सकेको छैन।
गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाए। उनको घरको मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना पुगेका थिए।
गोरखामा होलसेल व्यावसायीले नै मापदण्ड भन्दा बाहिर रहेर व्यवसाय संचालन गरेको पाइएको छ। खाद्यान्न सामग्री गोरखा सदरमुकामबाट ग्रामीण बजारमा ढुवानी गर्ने होलसेल पसलको अनुगमनका क्रममा म्याद नाघेका बिक्री गरेको, लेभल नलगाइएका सामग्री भेटिएको हो।
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्।
निर्माणाधीन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग दुई वर्षअघि सम्झौता गरेको थियो।
भू–उपयोग ऐन २०७६ अन्तर्गत नियमावली नै नबनाई जग्गाको कित्ताकाट गर्न अनुमति दिएको विषयमा संसदीय समितिले भूमि व्यवस्थामन्त्रीसँग छलफल गर्ने भएको छ।
व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ ।
युनाइटेड रियल लेदरले छालाका जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको छ। युनाइटेडले पुरुष र महिलाका लागि छालाका जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको हो।
दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन्।
तीन दशकदेखि नियमित भेडाच्याङ्ग्राको ब्यापार गदैं आएका काठमाडौंका मेखबहादुर नेपाल यसपटक मुस्ताङबाट रित्तै फर्किदै छन्। कोरोना भाइरसको जोखिम छिचोल्दै उपल्लो मुस्ताङसम्म पुगेका नेपालले मुस्ताङमै ३६ केजीको च्याङ्ग्रालाई ३० हजार रुपैयाँ घटीमा नपाएपछि लगानी नै डुब्ने जोखिमले रित्तै काठमाडौं फर्किन लागेका हुन्।
बैंकर्स संघका अनुसार असोज २ सम्म सबै वाणिज्य बैंकले २९ खर्ब १३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए। असोज १६ मा कर्जा लगानी वृद्धि भएर २९ खर्ब ४६ अर्ब रूपैयाँ पुगेको छ।
कोरोना संक्रमणका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई पुनर्जागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साइकल -याली गर्दै सौराहा पुगेका हुन्।
नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को औद्योगिक राजधानी नेपालगन्जलाई बनाउन माग गरेको छ।
उच्च मूल्ययुक्त तरकारी उत्पादनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवा किसानले हाइटेक निर्माण गरेका छन् ।
बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेट अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ, जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एसियाली चरम गरीबीमा धकेलिँदै छन्।
गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात भएको छ । अनुकूल वातावरण, सहज बजार मूल्य र विभिन्न किसिमका अनुदानसँगै अन्य बालीसमेत छाडेर नगदे बाली आलुखेतीतर्फ आकर्षण बढेको हो ।