१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

उच्च मूल्यका तरकारी खेती गर्न हाइटेक

बुवासुङस्थित सुम्नीमा मेरुङ कृषि समुहले बनाएको हाइटेक । तस्बिर: नागरिक

उच्च मूल्ययुक्त तरकारी उत्पादनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवा किसानले हाइटेक निर्माण गरेका छन् ।  

सुम्नीमा मेरुङ कृषि समूह गठन गरेर २०७० देखि व्यावसायिक कृषि फर्म सञ्चालन गर्दै आएका युवा किसानले प्रोटेक्ट हर्टिकल्चर प्रविधि विस्तारअन्तर्गत प्रदेश सरकारको आर्थिक सहयोगमा ५० मिटर लम्बाइ र १० मिटर चौडाइको हाइटेक निर्माण गरेका हुन् ।  

हाइटेकभित्र उच्च गुणस्तरको गोलभेंडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाजर लगायत तरकारी खेती गर्नेगरी प्रोटेक्ट हर्टिकल्चर प्रविधि भिœयाइएको सुम्निमा मेरुङ कृषि समूहका अध्यक्ष गजेन्द्र राईले बताए ।  

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १९ लाख तथा कृषि समूहको ८ लाख ३३ हजार लागतमा हाइटेक निर्माण गरिएको हो । स्थानीय बजारमा उच्च मूल्ययुक्त तरकारीको माग पूरा गर्दै निर्यात समेत गर्ने लक्ष्यसाथ अघि बढेको समूहका अध्यक्ष राईले बताए ।

प्रकाशित: २३ आश्विन २०७७ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App