प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट इमेल सहित सेवाको अनुमति प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको हो।
हालै प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ।
यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संशोधन गरिसकेको छ। नाम परिवर्तन र पब्लिक लिमिटेड भएसँगै कम्पनीलाई सार्वजनिक सेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ।
प्रभु ग्रुप अन्तर्गतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ। यसका साथै कम्पनीले टेलिभिजन, आइपिटिभी, ओटिटी सेवा समेत सञ्चालन गरिरहेको छ।
प्रकाशित: २५ आश्विन २०७७ ०२:१७ आइतबार




-600x400.jpg)
