बहुदलपछिका ती दिन सम्झँदा
करिब तीन दशकअघिसम्म पनि घाँस/दाउरा खोज्न बिहानैदेखि वन/पाखा धाउनुपर्थ्यो। आफ्नो खेत/बारी र निजी वनको घाँस/दाउराले धेरैको निर्वाह चल्दैनथ्यो।
करिब तीन दशकअघिसम्म पनि घाँस/दाउरा खोज्न बिहानैदेखि वन/पाखा धाउनुपर्थ्यो। आफ्नो खेत/बारी र निजी वनको घाँस/दाउराले धेरैको निर्वाह चल्दैनथ्यो।
नेपालमा कोरोना संक्रमणको प्रवेशसँगै सुरु भएको लकडाउनले धेरैको दैनिकी फैरिन पुग्यो । अत्यावश्यक बाहेकको समय घरभित्रै बस्ने मेरो दैनिकीको आठौं महिनामा छिमेकिको लापरबाहीका कारण बेघर हुनबाट बालबाल बाँचे । मंगलबारको साँझको त्यो लापरबाहीपूर्ण घटना टलेपनि मेरो मानसपटलमा कैयन प्रश्न र डर छाडेर गएको छ ।
मंगलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपति चुन्ने चुनाव हुुँदै छ। त्यहाँको संविधानअनुसार हरेक ४ वर्षमा नोभेम्बर ३ का दिन यस्तो निर्वाचन हुन्छ।
नेपालको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नागरिक समाज अन्ततः दलीय भागबन्डामा लिप्त बन्दै निष्क्रिय हुँदै गएको छ।
आइबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा एउटा अस्वभाविक निर्णय सार्वजनिक भयो। कोरोना संक्रमितको परीक्षण र उपचार आफै गर्नु पर्ने सूचना थियो त्यो।
समाजभित्र एउटा यस्तो पक्ष पनि छ, जसले महिलाको इज्जतको ठेक्का लिएर बसेजस्तो व्यवहार गर्छ। अनि इज्जतका नाममा महिलालाई डोरीमा झुन्डिन बाध्य पार्छ।
अर्थात जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ। के यो भनाइअनुसार साँच्चै ने नारीको सम्मान र कदर भएको छ त हाम्रो समाजमा ? धार्मिककालदेखि नै महिलालाई महादेवी, महालक्ष्मी, महासरस्वतीको दर्जा दिएको छ। महिलालाई जननी पनि मानिँदै आएको छ। तर आज जताततै महिलामाथि हिंसा, बलात्कार र तिरस्कारका बाढी नै आएका छन्।
बिश्व स्वास्थ्य संगठनका अनुशार मानसिक स्वास्थ्य एउटा अवस्था हो । जसमा ब्यक्तिले आफूसंग भएको सामथ्र्यलाई महशुस गर्ने, जीवनमा आईपर्ने सामान्य तनाबलाई सामनागर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजको लागि योगदानगर्न हुन्छन् ।
‘यति सानो रेडियोभित्र बसेर यस्तो मीठो गीत गाउने मान्छे कत्रा होलान् ? कहाँबाट पसे ? अब कसरी निस्कलान् ? खाजा, खाना कसले देला ?’– आँगनछेउको खाँबोमा झुण्डिएको रेडियो बज्दै गर्दा रेडियो सुनेर बसेकाहरू यस्तै रोचक जिज्ञासा व्यक्त गर्दै थिए। बालबालिकाले बूढापाकाले गरेको कुराकानी ध्यान दिएर सुनिरहे। मैले पनि उनीहरूका कुरा निकै घत मानेर सुनेँ।
आफूलाई त जसोतसो मनाएँ। तर समस्या घरपरिवारलाई मनाउन थियो। ‘यो सामान्य भाइरल जस्तै हो। केही पनि हुँदैन। केही दिनमा विसेक हुन्छ।’ घर परिवारलाई भने। तर कोही मान्न तयार थिएनन्। संक्रमणकै कारण लाखौंको ज्यान गएकोबारे उनीहरु बेखबर थिएनन्।
महिनावारीका सन्दर्भमा खासगरी विभिन्न धर्मशास्त्रले जनमानसमा नकारात्मक धारणा सिर्जना गरेका छन्। गरुढ पुराणदेखि स्वास्थानी व्रतकथासम्मले मानिसलाई महिलाप्रति अमानवीय व्यवहार गर्न उक्साएका छन्।
हामी एकथरीका नेता चाहान्छौं, तर ‘ब्याले’बाट अर्कोथरीका नेता उत्पादन भइरहेका छन्। जो पद्धति बसाल्न डराउँछन्। सरलता, इमान्दारिता र वफादारिताको अभ्यास गर्न तर्सिन्छन्।
जब समाजमा पुँजीको उदय भयो, तब वर्ग पनि देखापरेको हो। अनि पछि विभिन्न जात, धर्म, संस्कार र संस्कृति स्थापना भएको पाइन्छ।
कुन विषय पढ्दा रोजगारी पाइएला, भर्ना पाउने सम्भावना कति होला, राम्रो पढाइ र सुलभ वातावरण कहाँ होलाजस्ता प्रश्नमा कहाँ कसले उचित सल्लाह देला भन्ने अन्योलता सिर्जना भएको हो।
भगत सर्वजित विश्वकर्मा, जगमान गुरुङ, काले राई भनिने डा. स्वामी प्रपन्नाचार्य, सुन्दास दिदीबहिनी, क्षत्रीय कुलका योगी नरहरिनाथ फेरि नजन्माउने?
कोरोना (कोभिड–१९)महामारीका कारण समाजमा अनेक समस्या उत्पन्न भएका छन्। निरन्तर बढ्दै गएको संक्रमणको मारमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा बालबालिका बढी परेका छन्। झट्ट हेर्दा नदेखिने ती असर भयानक छन्। उनीहरुको दैनिकी फेरिएको छ। लामो समय विद्यालय बन्द भएपछि उनीहरु परिश्रमविनै थकित भएका छन्।
स्वामी अग्निवेशलाई आर्यसमाजी भन्दा मात्र अन्याय हुन्छ। उनी भारतीय लोकतन्त्रमा बेलाबेला देखिने अतिवादविरुद्धका पहरेदार थिए भन्दा अतिशयोक्ति हुँदैन। उनै मानवतावादी व्यक्तित्व अग्निवेशको ८१ वर्षको उमेरमा निधन भएको छ। कलेजोको रोगबाट पीडित उनको उपचारकै क्रममा निधन भएको हो।
विस्तुत शान्ति सम्झौता कार्यान्वयन र मेलम्चीको पानी एकादेशको कथा भए। हामी कथा श्रवण गर्ने लाटा स्रोता भयौँ। कथाकारले मिसन, कमिसन, भिजन, प्रमोसन र एक्जिबिसन के के हो गर्दै आए, हामी झुटो कथा हो भन्ने जान्दै टाउको हल्लाउँदै सुन्दै आयौँ। अझै कति सन्नुपर्ने हो समयले बताउला।
विशेष व्यक्तिहरूको आत्महत्याका समाचारले जनमानसमा एक किसिमको नैराश्य ल्याउँछ। यस्ता व्यक्तिको आत्महत्या सम्बन्धी समाचार प्रसारण गर्दा अझ सजगता अपनाउनुपर्छ। किनभने कति मानिसले तिनका डाइहार्ट फ्यान हुन्छ। तिनलाई आइडल र रोलमोडलका रूपमा लिएका हुन्छन। त्यसैले तिनले आत्महत्या गरेका समाचारले उनीहरूमा आघात पर्न सक्छ र आवेगमा आएर आत्यमहत्याको बाटो रोज्ने सम्भावना हुन्छ।
अझै महामारी अन्त्यको छाँटकाँट देखिएको छैन। अहिलेसम्म कोरोनाविरुद्ध औषधि/खोप बनिसकेको छैन।
लकडाउनभन्दा निषेधाज्ञामा धेरै व्यवसाय प्रभावित भएका छन्। काठमाडौं, पोखरा, चितवन विराटनगर, वीरगंज लगायतका धेरै व्यापार हुने ठाउँ अहिले ठप्प छन्। यी व्यापारिक नगरी पूर्ववत् संचालनमा कहिले आउने निश्चित छैन्। कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाले गरिखाने वर्ग समाप्त हुने चरणमा छन् ।
दुई छोरीकी आमा। श्रीमान्–श्रीमती दुवैलाई थप सन्तानको चाहना छैन। त्यसैले उनी श्रीमानलाई यौन सम्पर्क गर्दा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न आग्रह गर्छिन्। तर उनका श्रीमान् मान्दैनन्।
निजामती कर्मचारीहरुले आफूले सेवा प्रदान गर्दा आफूलाई सेवाग्राहीको रुपमा स्मरण गर्ने हो भने पनि धेरै समस्या समाधान हुन्छ। एकजना कर्मचारी आफू जुन कार्यालयमा कार्यरत छ, सो कार्यालयको लागि सेवा प्रदायकका भूमिकामा रहन्छ भने अन्य कार्यालयको लागि ऊ सेवाग्राही हुन्छ।
सन् २०१९ को अन्ततिर पहिलोपल्ट पत्ता लागेको भएर कोरोना महामारीलाई कोभिड–१९ भनियो तर यो अहिले कोभिड–१९ मात्र नभएर कोभिड–२० र कोभिड–२१ पनि हुने पक्का छ।