१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

परिश्रमविनै बालबालिकाकाे थकावट

सन्दर्भ– राष्ट्रिय बालदिवस

दिपा धिताल

कोरोना (कोभिड–१९)महामारीका कारण समाजमा अनेक समस्या उत्पन्न भएका छन्। निरन्तर बढ्दै गएको संक्रमणको मारमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा बालबालिका बढी परेका छन्। झट्ट हेर्दा नदेखिने ती असर भयानक छन्। उनीहरुको दैनिकी फेरिएको छ। लामो समय विद्यालय बन्द भएपछि उनीहरु परिश्रमविनै थकित भएका छन्।  

थकानको उपचार उनीहरुलाई क्रियासिल बनाउनु हो। अनलाइन कक्षाका नाममा केही सहभागी भए पनि ठूलो संख्यामा बालबालिका शिक्षाको पहूँच बाहिर छन्। यसले अर्को चिन्ता थपेको छ। समस्या सिर्जना गरेको छ।

अनलाइन वा दूर शिक्षाको पहूँचमा नभएका बालबालिकामा मानसिक समस्या उत्पन्न हुने खतरा बढेको छ। उनीहरुलाई आफूमाथि पक्षपात भएको अनुभूति भएको छ। चरम गरिबीको मारमा परेका अभिभावकलाई शैक्षिक वातावरण बनाउन नसकेकोमा समेत तनाव छ। शिक्षाको लालसा हुने बालबालिका यही कारणले बढी त्रसित छन्।  

सञ्चार माध्यममा तान्तार आउने एकै नासका खबर र छरछिमेकमा सुनिने सम्वादले पनि बालबालिकामा तनाव थपेको छ। सरकारलाई बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा सोच्ने फर्सद हुने कुरै भएन अभिभावक समेत बेखबर छन्।  

 

यो पनि पढ्नुहोस्

बालबालिकामा लगानी किन?

 

अब उनीहरुका बोरमा सोच्नेबेला आएको छ। उनीहरुका सामु कोरोना र यसका प्रभावका बारेमा कुरा गर्दा समेत सोच्ने बेला आएको छ। यसले बाल मस्तिकमा पार्ने नकारात्मक प्रभावका विषयमा भुल्नु हुँदैन।  

बालबालिका एक्लै बस्न रुचाउने, टोलाउने, अरुसंग बोल्न जाँगर नगर्ने, परिवारको एकजनासंग मात्र निकट हुन चाहने गतिलो लक्षण होइनन् । कुनै पनि काममा एकाग्रता नदेखाउने, दैनिक कार्यमा असहजता देखाउने, रुचिका साथ गरिरहेका गतिबिधि छोड्दै जाने वा मन नपराउने हँुदै गएमा अभिभावकले सोच्नु पर्छ ।  

सानो सानो कुरामा छिटो छिटो आक्रोस हुने, निस्कृय बस्ने, हात खुट्टा झमझमाउने, बिद्युतीय सामाग्री मात्र चलाउन रुचाउने जस्ता लक्षण लगातार दुईहप्तासम्म देखिएमा मनोसामाजिक समस्या देखिएको भनेर बुझ्नुपर्र्छ । आफ्ना बालबालिकामा यस्ता समस्या लगातार दुई हप्तासम्म देखिएमा अभिभाबकले सामान्य समस्या हो भनेर बुझाउने पहल गर्दा राम्रो हुन्छ ।  

नियमित ध्यान, योगा र प्रार्थना गर्ने र गर्न लगाउदा भुल्ने बाटो हुन्छ । बालबालिकालाई नियमित दैनिकिमा सहभागी गराउने। उनीहरुको जिज्ञासालाई सहज ढंगबाट मेटाउने प्रयास गर्ने । हात धुने र मास्क प्रयोगका बारेमा प्रष्ट्याउने गर्नुपर्छ । त्यसै गरी रेडियो टीभीमा निरन्तर आउने नकारात्मक संन्देश दिने खबरबाट टाढा राख्न प्रयास गर्ने । सकेसम्म बालबालिकालाई दैनिक कार्यतालिका बनाई दैनिकी नियमित बनाउने ।  

समयमा तनावको उचित ब्यस्थापन गर्न सकिएन भने यसले तत्काललाई मात्र नभएर दीर्घका सम्म पनि समस्या सृजना गरिरहने भय देखिन्छ । बिज्ञानका अनुसार जहिले पनि कोमल र कमजोरमाथि नै आक्रमणको सम्भावना हुन्छ । बालबालिका भनेका कोमल र कमजोर उमेर समूह हो । त्यसैले परिवार र समाज मिलेर यतातर्फ पनि ध्यान दिनुपर्छ ।  

दैनिक खबरहरुमा आउने आत्महत्या अनि त्यसभित्र देखिने उमेर समूह हेर्दा उदेक लाग्दो तथ्याङ्क देखिन्छ । पछिल्लो समय बढ्दै गएका आत्महत्याका घटनाहरु पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा मनोसामाजिक समस्याबाट सृजीत घटनाक्रम हुन भन्ने कुरा सबैले मनन् गर्नुपर्छ । सोझै औषधि खुवाएर उपचार सम्भव नहुने यो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल र योजना निर्माणमा जुट्ने समय यहि हो भन्ने सोचका साथ अगाडि बढ्ने समय आएको छ ।

मनोसामाजिक समस्या रोग नभएर एउटा अवस्था मात्र हो । सजिलै समाधान हुने समस्या भए पनि समयमा ख्याल नगर्दा बल्झिएर ठूलो रुप लिन सक्ने सम्भावना रहन्छ । कोरोना र त्रासले जन्माएको बन्दाबन्दी अनिश्चित रहेको बर्तमान समयमा सबैले बालबालिकातर्फ ध्यान केन्द्रीत गर्न सकेमा भोलिका दक्ष जनशक्ति उत्पादनमा समस्या पर्ने छैन।  

लेखक मनोबिमर्शकर्ता हुन्।

प्रकाशित: २९ भाद्र २०७७ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App