१५ आश्विन २०७७ बिहीबार
ब्लग

निजामती सेवा दिवसः केही सवाल

याे वर्ष ‘स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्‍ने नाराका साथ १७ औं निजामती सेवा दिवस मनाइयाे। वि‍‍‍‍‍.सं. २०१३, भाद्र २२ मा निजामती सेवा ऐन जारी भएको दिनलाई स्मरण गर्दै निजामती सेवा दिवस मनाउन थालिएकाे हाे। वि.सं. २०६१ सालदेखि  औपचारिक कार्यक्रम गरी यो दिवस मनाउन थालिएकाे हाे। तर कोभिड–१९ महाव्याधीको कारण यस पटक राष्ट्रिय रुपमा कार्यक्रम नगरी विभिन्‍न कार्यालयहरुले सामान्य रुपमा मनाए।

निजामती सेवा दिवसको अवसरमा कार्यरत कर्मचारीहरु मध्येबाट सर्वोत्कृष्‍ट १ जना, उत्कृष्‍ट १० जना र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्ने चलन रहेको छ। यसपटक पनि अघिल्ला ३ वर्षमा झैं मुख्य सचिवको नेतृत्वमा रहेको पुरस्कार छनौट समितिले कुनै पनि कर्मचारी सर्वोत्कृष्‍ट निजामती सेवा पुरस्कार पाउन योग्य देखेन। यसरी लगातार ४ वर्षसम्म कुनै पनि कर्मचारी सर्वोत्कृष्‍ट निजामती सेवा पुरस्कारको लागि योग्य ठहरिएनन्। यसबाट के निजामती सेवामा कुनै पनि कर्मचारीको कार्यसम्पादन सर्वोत्कृष्‍ट नभएकै हो त  भन्‍ने बहस सुरु भएको छ। यसअघि सर्वोत्कृष्ट पुरस्कार प्राप्त गर्ने कर्मचारीबाट सर्वोत्कृष्‍टताको शाख कायम राख्‍न नसकेको केही नमिठो अनुभव समेत हामीसँगै छ।  

निजामती सेवा सरकार र नागरिकको बीचमा सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। सरकारको नीति तथा कार्यक्रमलाई जनता समक्ष अनुभूती गर्ने गरी पु-याउने कार्य निजामती कर्मचारीबाट नै हुन्छ। निजामती कर्मचारीहरुलाई योग्य, सिर्जनात्मक रुपमा तटस्थ जनशक्तिको रुपमा लिइन्छ। निजामती सेवा योग्यता प्रणालीमा आधारित, सेवाको कानुनी आधार प्राप्‍त, सार्वजनिक सेवाप्रति समर्पित सरकारको संस्थागत संयन्त्र हो।

निजामती कर्मचारीले कुनै स्वार्थ नराखी सदाचारी जीवनशैली अपनाएर जवाफदेही र पारदर्शीता भइ इमान्दारीता कायम राखेर निष्‍ठावान बनी सरकारको नीति निर्देशन पालना गरी जनतालाई सेवा प्रवाह गर्नुपर्दछ। जनसेवालाई केन्द्रविन्दुमा राखी गरिने कार्यबाट नै निजामती सेवाको मूल ध्येय पूरा हुन सक्दछ।

निजामती कर्मचारीहरुले आफूले सेवा प्रदान गर्दा आफूलाई सेवाग्राहीको रुपमा स्मरण गर्ने हो भने पनि धेरै समस्या समाधान हुन्छ। एकजना कर्मचारी आफू जुन कार्यालयमा कार्यरत छ, सो कार्यालयको लागि सेवा प्रदायकका भूमिकामा रहन्छ भने अन्य कार्यालयको लागि ऊ सेवाग्राही हुन्छ।  

लोकतन्त्रले विकासको केन्द्रविन्दु जनतालाई मानेको हुन्‍छ। जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताको भावनाको प्रतिनिधित्‍व गर्दै विकासका विभिन्‍न कार्यक्रमहरु ल्याएका हुन्छन्। उक्त कार्यक्रमहरुलाई कानूनको पालना गर्दै कार्यान्वयन गर्ने कार्य कर्मचारीको हुन आउँछ। एकातर्फ आफूले जनतासामु गरेका वाचा पूरा गर्नको लागि जसरी पनि कार्यक्रम सम्पन्न गर्न खोज्ने जनप्रतिनिधिको मनशाय हुन्छ। अर्कोतर्फ कानून र नियमको परिपालना गरी विकास तथा सेवाको कार्यक्रमलाई अगाडि बढाउने जिम्मामा रहेका कर्मचारीबीच उपन्‍न असहजता चिर्दै अगाडि बढ्नु निजामती कर्मचारीको उत्तरदायित्व रहन्छ। कानूनको पालना गर्दै वातावरण संरक्षण सहितको दिगो विकास र सेवा कार्यमा विवेकपूर्ण तरिकाबाट निजामती कर्मचारीले कार्य सम्पन्‍न गर्नुपर्ने हुन्छ। यस अवस्थामा कर्मचारीलाई प्रक्रियामुखी र विकास विरोधीको रुपमा चित्रण गरिन्छ। कतिपय सन्दर्भमा जनप्रतिनिधि र कर्मचारीलाई प्रतिस्पर्धीको रुपमा समेत लिने गरिन्छ। जुन वास्तवमै दुखद पक्ष हो।    

कर्मचारीलाई इमान्दारीता र जवाफदेहीताको सन्दर्भमा प्रश्‍न उठाइन्छ। इमान्दारीताको महत्वको सम्बन्धमा संसारकै धनीमध्येका एक वारेन बफेटको भनाइ सम्झनु यहाँ सान्दर्भिक हुन्छ, उनी भन्दछन्– जबसम्म मानिस जीवित हुन्छ सो समयसम्म सास फेरिरहेको कुरा सामान्य हुन्छ। त्यस बेलासम्म सास फेर्ने कुरा सामान्य लाग्दछ। जब सास फेर्न छोडिन्छ तब सासको महत्व थाहा हुन्छ। त्यस्तै जबसम्म इमान्दार भएर काम गरिन्छ, त्यसबेलासम्म इमान्दारीताको महत्व खासै मतलब गरिन्‍न, जब इमान्दारिताबाट चुकिन्छ र विश्‍वास गुमाइन्छ तब इमान्दारीता के हो भन्‍ने कुराको याद हुन्छ। इमान्दारितालाई नै आफ्नो सबैभन्दा ठूलो पुँजी, तागत या नैतिक बलको रुपमा आत्मसात गर्न सक्नुपर्दछ। यही कुरालाई मनन गरेर सम्पूर्ण निजामती सेवामा कार्यरत कर्मचारीले काम गर्ने हो भने इमान्दारीतामा प्रश्‍न उठ्दैन।

कर्मचारीको सम्बन्धमा लाग्ने गरेको ठूलो आरोप या भनौं कतिपय सन्दर्भमा वास्तविक नै रहेको अर्को विषय भनेको आर्थिक अपारदर्शिता हो। जसरी पनि निजामती सेवा प्रवेश गर्न चाहने र सेवा प्रवेश गरिसकेपछि नैतिक मूल्य मान्यता भुलेर आर्थिक उपार्जन गर्नतर्फ लाग्ने प्रवृत्ति साँच्चै नै ठूलो समस्या हो।

त्यस्तै, जवाफदेहीताको सन्दर्भमा संयुक्त राज्य अमेरिकाको ३३औं राष्‍ट्रपति ह्यारी एस. ट्रयुम्यानलाई स्मरण गर्नु यहाँ उपयुक्त हुन्‍छ। उनले 'जवाफदेहिता मेरो टेबलमा आएर रोकिन्छ’ भनी आफ्नो टेबलमा लेखेर राख्दथे, जसले उनलाई जनताप्रति जवाफदेही हुन थप प्रेरित गर्दथ्यो। कर्मचारीहरुको नराम्रो प्रवृत्तिको रुपमा रहेको जिम्मेवारी पन्छाउने प्रवृत्ति रोक्न सबैले आफ्नो पदीय हैसियत अनुसार आफूलाई दिइएको जिम्मेवारीलाई ह्यारी एस. ट्रयुम्यानको 'जवाफदेहीता मेरो टेबलमा आएर रोकिन्छ' भन्‍ने कुरालाई मनन गरेमा जवाफदेही हुन पक्‍कै मद्दत गर्नेछ।

निजामती कर्मचारीहरुले आफूले सेवा प्रदान गर्दा आफूलाई सेवाग्राहीको रुपमा स्मरण गर्ने हो भने पनि धेरै समस्या समाधान हुन्छ। एकजना कर्मचारी आफू जुन कार्यालयमा कार्यरत छ, सो कार्यालयको लागि सेवा प्रदायकका भूमिकामा रहन्छ भने अन्य कार्यालयको लागि ऊ सेवाग्राही हुन्छ। प्रत्येक कर्मचारीले आफू सेवाग्राही भएर अन्य कार्यालयमा जाँदा के अपेक्षा गरेको हुन्छ सो कुरालाई मनन गरी सेवा प्रवाह गर्नुपर्दछ।

अब कुरा रह्‍यो, के उत्कृष्‍ट निजामती कर्मचारी नभएकै हुन् त? जो इमान्दारीता, निष्ठा, जवाफदेहिता र कार्यसम्पादनको मापदण्ड प्राप्‍त गर्न नसक्ने नै हुन् त भन्‍ने सन्दर्भमा विचार गर्दा पक्‍कै पनि होइन, यस्ता निजामती कर्मचारी पनि छन्, जो पेशागत व्यवसायिकतामा दृढ र इमान्दार छन्। मात्र प्रचार प्रसार चाँहदैनन् र शक्ति केन्द्र धाउने पनि गर्दैनन्, त्यस्ता कर्मचारीको मुल्याङ्कन हुन नसकेको मात्र हो। कोही पनि सर्वोत्कृष्‍ट नभएको पक्‍कै होइन।

यति सम्म पनि छ कि जागिर र सेवामा प्रवेश गरेको ५–६ वर्षमै घररघडेरी गाडी के–कस्तो छ यदी छैन भने उसलाई ‘विचरा’ भावले हेर्ने हाम्रा सामाजिक मनोविज्ञान छ। त्यसैले इमान्दारीता लाई सर्वोपरी ठानी कार्य व्यवहार अगाडी बढाउनु आजको आवश्‍कता छ।    

कर्मचारी संयन्त्रजनता समक्ष पुगी सेवा प्रवाह गर्ने मुख्य माध्यम हो। तर कर्मचारीलाई मात्र दोष देखाएर राजनीतिक संयन्त्र आफू चोखो बन्‍ने प्रवृती अर्को खराब पक्ष हो। जुन नेतृत्व आफू राम्रोसँग काम गर्न सक्दैन उसले कर्मचारीतन्त्रलाई दोष दिने गरेको पाइन्छ। जसले कुशल रुपमा नेतृत्व गर्दछ उसले म को भावना नराखी सफलतामा हामी र हाम्रो टिमबाट यो कार्य सम्पन्‍न भएको भन्दछन् भने जसको नेतृत्व कुशल हुदैँन त्यस्ता व्यक्तिले अरुलाई दोष दिने गरेको पाइन्छ।

कर्मचारीको सम्बन्धमा लाग्ने गरेको ठूलो आरोप या भनौं कतिपय सन्दर्भमा वास्तविक नै रहेको अर्को विषय भनेको आर्थिक अपारदर्शिता हो। जसरी पनि निजामती सेवा प्रवेश गर्न चाहने र सेवा प्रवेश गरिसकेपछि नैतिक मूल्य मान्यता भुलेर आर्थिक उपार्जन गर्नतर्फ लाग्ने प्रवृत्ति साँच्चै नै ठूलो समस्या हो। यसमा पनि केही सीमित व्यक्तिहरुको आचरणलाई लिएर सबै कर्मचारीलाई सामान्यीकरण गरेर हेर्ने प्रवृत्ति अर्को समस्या हो। यसो हुनुमा सामाजिक पक्ष पनि त्यत्तिकै जिम्मेवार छ। सबैभन्दा हाम्रो समाज कुनै व्यक्ति के–कसरी कुन किसिमको जीवनयापन गर्दछ भन्‍ने कुराको मुल्यांकन नगरी जसरी पनि धनी भए हुने भन्‍ने आम प्रवृति छ त्यसले पनि समाजमा इमान्दार र नैतिकवान मानिसहरुको मनोवल घटाउने काम गरेको छ। 

यति सम्म पनि छ कि जागिर र सेवामा प्रवेश गरेको ५–६ वर्षमै घररघडेरी गाडी के–कस्तो छ यदी छैन भने उसलाई ‘विचरा’ भावले हेर्ने हाम्रा सामाजिक मनोविज्ञान छ। त्यसैले इमान्दारीता लाई सर्वोपरी ठानी कार्य व्यवहार अगाडि बढाउनु आजको आवश्‍कता छ।    

छिमेकी मुलुक भारतको लागि बेलायती औपनिवेशिक कालखण्ड पक्‍कै पनि प्रिय थिएन, यद्यपि उपनिवेशको कारण भारतमा ३ वटा कुराहरुलाई संस्थागत गरेको थियो जसको कारण भारतले प्रगति गर्न थप सहज भएको भनी चर्चा गर्ने गरिन्छ। औपनिवेशिक समयको पूर्वाधार, कर्मचारी  प्रणाली  र न्यायालयस जसको निरन्तरता आज पनि छ र भारतको कर्मचारीतन्त्रलाई बलियो रुपमा मानिन्छ। कर्मचारीतन्त्र प्रभावकारी हुँदा देश विकास हुन सक्दछ भन्ने यो एउटा गतिलो उदाहरण हो।

संविधानका नीति तथा कार्यक्रम, दिगो विकासका लक्ष्य र पन्ध्रौ पञ्‍चबर्षीय योजनाले लिएका लक्ष्य उद्देश्य हासिल गर्न र कोरोना भाइरसको महाव्याधीको कारण परेको प्रभावबाट उम्कदै ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्‍ट्रिय लक्ष्य प्राप्त गर्नको लागि नेपाल सरकारको मुख्य सारथी निजामती कर्मचारी हो।

यसप्रकार निजामती सेवाभित्र भएका विकृतीलाई कम गर्दै लैजाने र केही खराव प्रवृत्तिको कारण सबै इमान्दार र निष्‍ठावान कर्मचारीको मनोवल गिराउने किसिमको कार्य हुनु हुँदैन। निजामती कर्मचारी जनप्रतिनिधिहरुको कहिल्यै पनि प्रतिस्पर्धी होइनन् र हुन सक्दैनन्। निजामती सेवाभित्रको विकृती र विसंगतीलाई हटाउनको लागि नेतृत्वदायी भूमिका नेपाल सरकार, राजनीतिक दलको नै मुख्य भूमिका हुने गर्दछ। सबैले इमान्दारिता, व्यावसायिकता र कर्तव्यनिष्‍ठ भई आआफ्नो तर्फबाट सिर्जनात्मक तथा सकारात्मक भूमिका खेलेमा ’स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’को नारा सार्थक हुन सक्दछ।
शाखा अधिकृत, उच्च अदालत पाटन

प्रकाशित: २३ भाद्र २०७७ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App