मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुन्न आदेश
जिल्ला अदालत काठमाडौंले मिटर उल्टो घुमाएर रकम असुल गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारी र व्यापारीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला अदालत काठमाडौंले मिटर उल्टो घुमाएर रकम असुल गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारी र व्यापारीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
गाउँपालिकाको कार्यालय उद्घाटन गर्न हिँडेका तीनजना कर्मचारीहरुलाई शुक्रवार रोल्पामा स्थानीयले नियन्त्रणमा लिएका छन्।
सरकारले गाउँ/नगरपालिकाका वडामा नायब सुब्बा तहसम्मका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले नयाँ संरचना अनुसार बनेका गाउँपालिकामा नायब सुब्बा तहसम्मका कर्मचारी खटाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको हो।
सरकारले गाउँपालिका र नगरपालिकाका वडाहरुमा नायव सुब्बासम्मको कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले हाल गठन भएका गाउँपालिकामा नायब सुब्बासम्मका कर्मचारी खटाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।
ग्रामिण क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्न सजिलो होस भनेर गत भदौंमा स्थापना गरिएको ईलाका प्रशासन कार्यालय तीन महिना देखि कर्मचारी बिहिन हुन पुगेको छ।
राष्ट्रिय पोलियो खोप कार्यक्रम ‘तालिबानी शैली’ मा अवरोध गर्ने तीन जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखसहित विभिन्न जिल्लाका १८ स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको छ। संवेदनशील र अत्यावश्यकीय स्वास्थ्य सेवा प्रवाहमा अवरोध गरी पदीय जिम्मेवारीअनुरुप काम नगरेको भन्दै सचिवस्तरीय निर्णयले उनीहरुलाई निलम्बन गरिएको हो।
मालपोत कार्यालय महोत्तरीमा कर्मचारीको उपस्थिति न्युन हुँदा कार्यालयको कामकाज प्रभावित भएको छ।
अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेका आप्रबासीहरुलाई आफ्नै देश फर्काउन अमेरिकी सरकारले करिब दश हजार अध्यागमन टोली खटाएको बताइएको छ। यो नयाँ योजनामा सीमामा गस्ती गर्ने ५ हजार जना थप गरिने समेत जनाइएको छ।
स्थानीय तहको निर्वाचनमा देशभर २० हजारभन्दा बढी मतदान बुथ कायम गरिने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले सबै तयारी गरेरमात्रै निर्वाचन मिति घोषणा गरेको जानकारी दिए ।
आफ्नै मन्त्रालय मातहतका कर्मचारीसँग रकम असुलेको आरोपमा सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर विवादमा तानिएका छन्। सचिव ठाकुरले सिँचाइ विभागका उच्च अधिकारी, आयोजना प्रमुख, डिभिजन प्रमुखसँग 'घुस' मागेको आरोप लगाउँदै उनलाई हटाउन माग गरिएको हो।
जिल्लाको विभिन्न निकायका कर्मचारी तथा यातायात व्यवसायीहरुको आन्दोलनका कारण स्थानीयले सास्ती खेप्नु परेको छ।
धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट चोरी भएको २३ लाख ४४ हजार पैसा प्रहरीले बरामद गरेको छ। बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले एटिएम मेशिनबाट पैसा लगेर लुकाएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले बताए।
गाविस सचिवको आन्दोलन सकिएको एक साता नबित्दै स्थानीय निकायका कर्मचारीको हडतालका कारण आइतबार देशभरका स्थानीय निकायमा कामकाज ठप्प भएको छ। सरकारले संघीय संरचनामा जाँदा विभेदकारी तरिकारले कर्मचारी समायोजन नीति बनाउन लागेको भन्दै विरोधमा स्थानीय निकायसम्बद्ध पाँच कर्मचारी ट्रेड युनियनले देशभरका स्थानीय निकाय ठप्प पारेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।
लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन्। गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका हुन्।