प्रधानमन्त्री केपी शर्मा ओली र एलन मस्कबीच कुराकानी भएको छ ।
उनीहरूबीच शुक्रवार साँझ कुराकानी भएको हो । यसबारे प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्- 'अहिले एलन मस्कसँग कुराकानी गरिरहेको छु ।'
उनीहरूबीच नवप्रवर्तनका विभिन्न आयामहरूबारे कुराकानी भएको बताइएको छ । उनी प्रसिद्ध प्रविधि उद्यमी हुन् ।
पछिल्लो अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि उनी अझ चर्चामा छन् । चुनावमा खुलेर डोनाल्ड ट्रम्पलाई समर्थन गरेका उनले ह्वाइट हाउसको सरकारी दक्षता विभागको जिम्मेवारीसमेत पाएका छन् ।
प्रकाशित: ७ मंसिर २०८१ २१:०३ शुक्रबार