१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

आधुनिकताका कारण संस्कृति बचाउन मुस्किल: मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल सानो मुलुक भए पनि धर्म, संस्कृतिका हिसाबले धनी भएको बताएका छन्।

तमु (गुरुङ) ल्होसार पर्वको अवसमा वीरेन्द्रगरमा आज आयोजित कार्यक्रममा घना बस्ती बढ्दै जाँदा एक घरले अर्को घरकालाई नचिन्ने अवस्था सिर्जना भएको बताए।

एकता, सद्भाव, संस्कृति हस्तान्तरण गरेर कला, संस्कृति जोगाउन अहिलेको पुस्ताले ध्यान दिनुपर्नेमा उनको जोड छ।

मुख्यमन्त्री कँडेलले बढ्दै गएको आधुनिकताले हाम्रा कला संस्कृति, वेशभुषाहरू हराउने हुन् की भन्ने चिन्ता बढेको सुनाए।

उनले भने, ‘आधुनिकताका कारण संस्कृति बचाउन मुस्किल भएको छ।’

कर्णालीमा हाल विकास निर्माणका कामहरूले गति लिएको दाबी गर्दै मुख्यमन्त्री कँडेलले भएको विकासलाई सदुपयोग गर्नसमेत आग्रह गरे।

सडक निर्माण गरियो तर, हिँड्न जानिएन भने दुर्घटना हुन्छ, त्यस्तै पूर्वाधारको संरक्षण पनि हामीले नै गर्नुपर्ने उनले बताए।

प्रकाशित: १५ पुस २०८२ २१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App