महिनावारीका सन्दर्भमा खासगरी विभिन्न धर्मशास्त्रले जनमानसमा नकारात्मक धारणा सिर्जना गरेका छन्। गरुढ पुराणदेखि स्वास्थानी व्रतकथासम्मले मानिसलाई महिलाप्रति अमानवीय व्यवहार गर्न उक्साएका छन्।
पञ्चमीको दिन थियो । बिहान उठ्न नपाउँदै बाहिर छिमेकी बोलेको सुनियो । आफ्नो धर्म र संस्कृति पनि मान्न नपाइने यो के महामारी आयो भन्दै कोरोनालाई बेस्सरी गाली गर्दै थिए ।