४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रसाईं समूहका अभियान्ता भन्छन्– पूर्वराजा बोल्नुपर्छ,नभए आन्दोलन टिक्दैन

‘राजा(पूर्वराजा शाह)ले जतिसक्दो चाँडो सम्बोधन गरेर म आउने वा नआउने, तिमिहरू सडकमा अगाडि बढ वा नबढ ! अथवा म आउछु, तिमिहरू चिन्ता नगर वा तत्काल मेरो त्यस्तो चाहना छैन । केही न केही त स्टेटमेन्ट आउनुपर्‍यो नि,’ माण्डव्यले भने,‘जो व्यक्तिका लागि नागरिक लडिरहेका छन्।त्यहीँ व्यक्ति बोल्दैन भने नागरिक कति दिन कराएर कति दिन राज्यको दमन सहन्छन् ।’

प्रसाईं समूह तीनकुने र माइतीघरबाट पछि हट्यो,आज सिफलमा आन्दोलन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह तीनकुने र माइतीघरमा गर्न खोजिरहेको आन्दोलनबाट पछि हटेको छ।स्थानीय प्रशासन र सुरक्षा निकायले उक्त क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूह वैकल्पिक स्थानमा आन्दोलन गर्न राजी भएको छ।

'धेरै फुरफुर गर्दा केपी ओलीको पार्टी नै सकियो': प्रसाईँ

आन्दोलनका सभामध्ये तीनकुनेमा एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेत र बल्खुको सभामा व्यवसायी प्रसाईं प्रमुख वक्ता थिए। जसमा दुवै पक्ष वर्तमान सरकारभन्दा बढी एकअर्काविरुद्ध चर्को खनिएका छन्।

अराजक गतिविधिलाई एमालेको टेको

सरकारविरुद्धको आन्दोलन घोषणा गरेको एमालेका कार्यकर्ताले राति बास बसेका महिलालाई लखेटेर अमानवीय व्यवहार प्रदर्शन गरेका छन्।

प्रहरी समायोजन नभएमा मधेस प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने

मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ।

सङ्घीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै मधेस सरकार

सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।

इलामका चिया श्रमिक डेढ महिनादेखि आन्दोलनमा

सरकारले तोके अनुसारको ज्याला तथा सेवा सुविधा नपाएको भन्दै इलामस्थित चिलिमकोट चियाबगानका मजदुरहरू डेढ महिनादेखि आन्दोलन गरिरहेका छन्।

कर्मचारीको आन्दोलनले कपिलवस्तुका १० पालिकाको काम ठप्प

संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ।

सेवा छाडेर जताततै आन्दोलन

सरकारले जनहितमा काम गर्न नसकेको भन्दै आम जनतामा आक्रोश र निराशा बढ्दै गएका बेला जनसेवामा समर्पित हुनुपर्ने कर्मचारीहरू भने एकपछि अर्को गर्दै आन्दोलनमा उत्रिएका छन्।

स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी

सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले आन्दोलन आज पनि जारी गरेका छन्।

दोषीमाथि कारबाही नभए आन्दोलन जारी

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणविरुद्ध आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही गरेको अनुभूति नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।

आफूहरूको माग तत्काल सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिने एनएमएको चेतावनी

नेपाल चिकित्सक सङ्घले आफूहरूको माग तत्काल सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

अस्तव्यस्त यातायात र अक्षम सुरक्षा संयन्त्र

केही दिनदेखि सिंगै राजधानीको यातायात अस्तव्यस्त हुन पुगेको छ। यस्तो अवस्थाले विद्यार्थी, कर्मचारी, बिरामी मात्र हैन, विभिन्न अत्यावश्यक कामले हिँड्ने सर्वसाधारणसमेत प्रभावित बनेका छन्।

राहत शिक्षक प्रतिस्पर्धाबिनै स्थायी !

दुई दशकअघि सरकारले नै राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गराएका शिक्षकहरू हाल बिनाप्रतिस्पर्धा स्थायीको माग राख्दै सडक आन्दोलनमा उत्रेकोमा चौतर्फी विरोध भइरहेको छ।

भित्रभित्रै आन्दोलनको तयारीमा जसपा!

प्रायः सबै अभिमुखी कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादव आफैंले गर्ने गरेका छन्। हरेक उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन दिने गरेका छन्। उनी बारम्बार भन्छन्, ‘तपाईहरू आन्दोलनका लागि तयारी भएर बस्नुहोस्। कुनै पनि बेला हामी आन्दोलनमा उत्रनुपर्ने हुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्