२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सङ्घीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै मधेस सरकार

सङ्घीय सरकारको विरुद्धमा मधेश सरकारले आज आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ। सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।

आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए।

यसअघि सोमवार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा सङ्घर्षमा उत्रिनेसम्मको निर्णय अनुसार आज कार्यक्रमको घोषणा गर्न लागेको उनले बताए।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा भोलि प्रधानमन्त्री पुष्पकमल दहाल समक्ष १५ दिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउन लागेको हो।

प्रकाशित: २२ कार्तिक २०८० ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App