१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आफूहरूको माग तत्काल सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिने एनएमएको चेतावनी

नेपाल चिकित्सक सङ्घले आफूहरूको माग तत्काल सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

सङ्घले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ लाई लागु गर्दै उठाइएका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको हो।

सङ्घका महासचिव डा.सञ्जीव तिवारीले आफूहरूको माग सम्बोधन नभएको खण्डमा सम्पूर्ण स्वास्थ्यकर्मीका सङ्गठनहरूलाई आन्दोलनमा साथ दिन अपिल समेत गरेका छन्। उनले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रममा अझ शसक्त ढङ्गले सहभागी हुने चेतावनी दिए।

देशका विभिन्न स्थान (हेटौडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल चितवन, पाटन लगायतका) अस्पतालहरू लगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पारी शान्तीपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पु¥याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनालाई लिएर देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा सङ्घको ऐक्यबद्धता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिद्वारा सङ्घलाई दिइएको जिम्मेवारीलाई गहनताका साथ लिएर त्यसलाई निर्वाह गर्दै उपप्रधान तथा गृह मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, गृह मन्त्रालयका सचिव तथा पधाधिकारीहरूलाई घटनाबारे जानकारी गराइएको र गम्भीरताका साथ लिएर माग सम्बोधन गराउन आग्रह गरिएको पनि विज्ञप्तिमा भनिएको छ।  

प्रकाशित: १२ आश्विन २०८० ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App