१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रहरी समायोजन नभएमा मधेस प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने

मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ।

आज मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिएका हुन। उनले भोलि (बिहीबार ) प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए।

उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठ्यारो परेको बताए। उनले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सिमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने बताए।उनले प्रहरी र कर्मचारी समायोजनका साथसाथै ज्ञापन पत्रमा अन्य विभिन्न मागहरू पनि समेटिएको उल्लेख गरे। 

प्रकाशित: २२ कार्तिक २०८० १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App