१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

'धेरै फुरफुर गर्दा केपी ओलीको पार्टी नै सकियो': प्रसाईँ

बस्नेत भन्छन्ः 'दुर्गा प्रसाईं नामको अराजकता समाप्त भयो'

सरकारविरुद्ध भनेर बिहीबार काठमाडौंमा भएका फरक दुई आन्दोलन सरकारभन्दा बढी परस्पर एकअर्काको आलोचनामा बढी चर्को सुनिएका छन्।

राष्ट्रिय युवा संघसहित एमालेका जनवर्गीय संगठनहरूले महँगी, भ्रष्टाचार, अनियमितता, अराजकताविरुद्ध भन्दै तीनकुनेमा प्रदर्शनर कोणसभाको आयोजना गरेको थियो। अर्कातिर मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृतिर नागरिक बचाउ महाअभियानले बृहत् मुक्ति आन्दोलन भन्दै बल्खुमा प्रदर्शन गरेको थियो।  

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताले मुलुकमा विकृति, विसंगति सिर्जना गरेको, धर्मसंस्कृतिमाथि आक्रमण भएको, आर्थिक मन्दीर गरिबी बढेको, युवाहरू बिदेसिन बाध्य पारेको भन्दै प्रसाईंले व्यवस्थाकै विरोधमा भन्दै उक्त आन्दोलन गरेका थिए।  

आन्दोलनका सभामध्ये तीनकुनेमा एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेत र बल्खुको सभामा व्यवसायी प्रसाईं प्रमुख वक्ता थिए। जसमा दुवै पक्ष वर्तमान सरकारभन्दा बढी एकअर्काविरुद्ध चर्को खनिएका छन्।  

बस्नेतले प्रसाईं नामको अराजकता बिहीबारबाट सकिएको दाबी गरे । एमालेका युवा–विद्यार्थीहरूले उनको हावा खुस्काइदिएको बस्नेतको दाबी थियो। उनले भने, ‘दुर्गा प्रसाईंले मयुरको प्वाँख हालेरराजा घोषणा गर्ने कार्यक्रम युवा–विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो। आजबाट दुर्गा प्रसाईं नामको अराजकता समाप्त भयो।’  

यस्तै उनले दुर्गा प्रसाईंजस्ता मान्छेका पछाडि लागेर पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः सत्तामा फर्किने सपना नदेख्न आग्रह गरे। प्रसाईंलाई भतिजको संज्ञा दिँदै बस्नेतले उनको मानसिक सन्तुलन बिग्रिएको समेत भन्न भ्याए । ‘केपी बालाई हजुुरबा भनेपछि प्रसाईं भतिजो भयो । भतिजाको दिमागी सन्तुलन ठिक छैन,’ उनले भने, ‘प्रहरीलाई आग्रह छ, पक्राउ गरेर उपचार गर्नुस् । ठगी, हुन्डीको आरोपमा पक्राउ गर्नुस्।’

उता प्रसाईं भने एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि नै खनिए। आन्दोलनपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यो जुनीमा अब ओली प्रधानमन्त्री नहुने दाबी गरे। ‘धेरै फुरफुर गर्दा केपी ओलीको पार्टी नै सकियो आजदेखि,’ उनले भने, ‘मैले भने नि, टाइटानिक गलत ठाउँमा आएर ठोक्कियो, अब डुब्ने क्रम सुरु भयो। लेखेरराख्नुस्।’ प्रसाईंले आफ्ना हरेक कार्यक्रम एमालेलेरोक्न खोज्दाखोज्दै सफल भएको दाबी गरे। ‘दुर्गा प्रसाईंका हरेक कार्यक्रम नेपालमा हुन दिँदैनौं भनेका हैनन्, बिर्तामोडले के देखायो ? सुरुंगाले के देखायो ? जनकपुर, लहानमा के देखियो ? पूर्वदेखि पश्चिमले के देखायो ? त्यसैले भन्छु दुर्गा प्रसाईंलाई हल्का रूपमा नलिनुस्,’ उनले भने।

गणतन्त्रमा नागरिक मात्र नभई नेताहरूसमेत खुसी नभएको प्रसाईंले दाबी गरे। ‘गणतन्त्रमा को खुसी छ ? घरघरमा बस्ने कुकुर पनि खुसी छैन दरबारमा बस्नेराजा पनि खुसी छैन्। प्रधानमन्त्री पनि आफू खुसी छैनन्। केपी ओली पनि खुसी छैनन्। शेरबहादुर देउवा पनि खुसी छैनन्। केको गणतन्त्र ?’ उनले भने।

प्रकाशित: ८ मंसिर २०८० ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App