१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रसाईं समूहका अभियान्ता भन्छन्– पूर्वराजा बोल्नुपर्छ,नभए आन्दोलन टिक्दैन

राजतन्त्रको पक्षमा आन्दोलनरत् मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका अभियान्ताले अब पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिन ढिला गर्न नहुने बताएका छन्।प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले नागरिकसँग कुरा गर्दै जसका लागि आन्दोलन भइरहेको हो, उही नबोले आन्दोलन धेरै टिक्न नसक्ने बताएका हुन।  

‘राजा(पूर्वराजा शाह)ले जतिसक्दो चाँडो सम्बोधन गरेर म आउने वा नआउने, तिमिहरू सडकमा अगाडि बढ वा नबढ! अथवा म आउछु, तिमिहरू चिन्ता नगर वा तत्काल मेरो त्यस्तो चाहना छैन । केही न केही त स्टेटमेन्ट आउनुपर्‍यो नि,’ माण्डव्यले भने,‘जो व्यक्तिका लागि नागरिक लडिरहेका छन्।त्यहीँ व्यक्ति बोल्दैन भने नागरिक कति दिन कराएर कति दिन राज्यको दमन सहन्छन् ।’  

आफूहरूले अहिले लडाई सुरु गरेको बताउँदै परिवर्तन तत्कालै नआएपनि पूर्वराजाले अभिव्यक्ति दिँदा आन्दालनले गती लिनसक्ने माण्डव्य बताउँछन् । उनले भने, ‘अहिलेको अहिले नै राजतन्त्र आउछ भन्ने छैन । तर, हामीले राजा आउ देश बचाउ भनिरहँदा खेरी राजाले म आउछु देश बचाउछु भन्ने कि नभन्ने रु यो कुरा अब प्रधान हो ।’ राजा झापा नगएको भए राम्रो हुने उनको भनाई छ । ‘बरु राजाले यत्रो नागरिकहरू राजाका लागि सडकमा आएका छन् । यहाँ आएकासँग भेटघाट गरे राम्रो हुन्थ्यो,’ उनले भने ।  

गणतन्त्रले राम्रो गरेको भए अहिले राजतन्त्रका लागि जनता सडकमा आउनु नपर्ने पनि माण्डव्य बताउँछन् । ‘गणतन्त्रले केही गर्न सकेन।अहिलेको नेतृत्वले राम्रो काम गरे, राजाको कुरै उठ्ने थिएन,’ उनले भने,‘१५ वर्षमा जे अराजकता भयो त्यो देखेर जनता सडकमा आएका हुन।

प्रकाशित: ९ मंसिर २०८० ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App