६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘खसेको मत करिब ६१ प्रतिशत’

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत देशभर करिब ६१ प्रतिशत मत खसेको जनाएको छ।

काठमाडौँ,भक्तपुर र ललितपुरमा मतगणना सुरु

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।

रोल्पामा ४६ प्रतिशतले गरे मतदान

प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाका अनुसार जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ।

धनुषामा ६२ प्रतिशत मत खस्यो

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा धनुषाको चारवटै क्षेत्रमा ६२ प्रतिशत मतदाताले मतदान गरेका छन्।

मतदाताको उत्साहपूर्ण सहभागिताले सरकार र राजनीतिक दललाई थप प्रेरणा दिएको छ: देउवा

सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन्।

मतगणनास्थलतर्फ लगियो काठमाडौँका मतपेटिका(फोटोफिचर)

आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौँका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लगिएको हो।

गोरखा: मतदातामा उत्साह देखिएन

यो यसअघिको निर्वाचन भन्दा कम हो। २०७४ को निर्वाचनमा गोरखामा एक लाख ९ हजार चार सय ४ मतदाता थिए। त्यतिबेला ६५ दशमलव तीन प्रतिशत मत खसेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

कर्णाली प्रदेश: कहिँ झडप, कहीँ शान्तपूर्ण मतदान

हिमाली जिल्ला हुम्लाको चंखेली गाउँपालिका–५ को डाँफे मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा प्रहरी घाइते भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार असई रामकुमार चौधरी घाइते भएका हुन्। वारेसमार्फत् भोट हाल्ने विषयमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो।

पूर्वी रुकुममा ६१ प्रतिशत मतदान

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार यहाँ निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

गोरखाका आठ मतदान केन्द्रमा सय भन्दा कम मत खस्यो

मतदाता संख्या नै न्यून रहेका क्षेत्र नम्बर १ को चुमनुब्री गाउँपालिकाको सात वटा र गोरखा २ को बारपाक सुलिकोट गाउँपालिकाको एउटा केन्द्रमा एक सय भन्दा कम मत खसेको हो।

सुनसरीमा ६५ प्रतिशत मत खस्यो

सुनसरीमा पाँच लाख ४४ हजार ९४१ मतदाता रहेका थिए। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका ल्याउन थालिएको छ।

दार्चुलामा ६५ प्रतिशत मत खस्यो

एक मात्र प्रतिनिधि सभा र दुई प्रदेश सभा निवार्चन क्षेत्र रहेको जिल्लामा करिब ६५ प्रतिशतको औसतमा मतदान भएको छ।

बाजुरामा गोली चल्यो: एकको मृत्यु, एक घाइते

मतदान सकिएपछी विवाद हुँदा प्रहरीको गोली लागेर अन्दाजी २४ बर्षिय सन्जिब बहादुर ऐडिको मृत्यु भएको प्रहरीले बताएको छ।

९२ वर्षे तरमै महर्जनद्वारा मतदान

‘हामीलाई भोट हाल्ने अधिकार छ, भोट हाल्नै प¥यो’, उनले भने, ‘यो उमेरमा पनि भोट दिन पाउँदा राम्रो लागेको छ।’

रोल्पा र रुकुममा सेनाको हवाई गस्ती

जिल्ला निर्वाचन सुरक्षा समितिहरुका अनुसार मतदातालाई रोकिएको वा रोक्न खोज्ने वातावरण बनेको सूचना अनुसार उक्त क्षेत्रमा हवाइ गस्ती गर्नुपरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्